Logo

‘कबड्डी – ४’को आक्रामक व्यापार जारी, ५ दिनमा १२ करोड ५५ लाख कलेक्सन



Spread the love

१९ जेठ, काठमाडाैँ । गत शुक्रबारबाट देश तथा विदेशभर प्रदर्शन भइरहेको नेपाली फिल्म ‘कबड्डी ४’ले व्यापारमा आक्रमक शैली कायम राखेको छ । प्रदर्शन सुरू भएको पाचाैँ दिनको आँकडामा यो फिल्मले नेपालमा पछिल्लो समय धेरै कमाएको ‘केजिएफ २’लाई पछि पारेको छ ।

उपत्यकामा ‘कबड्डी ४’ वितरण गरिरहेका निर्माता तथा वितरक गोविन्द शाहीका अनुसार पाचाैँ दिनसम्म यो फिल्मले १२ करोड ५५ लाखको व्यापार गरिसकेको छ । यो कमाइ अाैसतमा प्रतिदिन २ करोडभन्दा बढी हो ।

फिल्मले प्रदर्शनको पहिलो दिन नै ३ करोडभन्दा बढीको व्यापार गरेर राम्रो गति समातेको थियो । पहिलो दिन समातेको गति फिल्मले हप्ता दिन बित्दासमेत उस्तै रहेको छ ।

वितरक शाहीले राम्रो कथा तथा उत्कृष्ट निर्देशनमा ध्यान दिने हो भने नेपाली फिल्मले पनि राम्रो व्यापार गर्न सक्छन् भन्ने उदाहरण ‘कबड्डी ४’ प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

फिल्मले नेपालमा अहिलेसम्म हलिउड र बलिउडले पनि नपाएको शो पाउँदै रेकर्ड बनाएको छ । फिल्मले नेपाली बक्स अफिसका बिग मुभिजमा १७ शो पाउँदा एफक्युब मुभिजमा पनि १७ वटा नै शो पाएको छ भने वान सिनेमामा १४ शो ।

त्यस्तै, नेपालमा लोकप्रीय फिल्म थिएटर क्युएफएक्समा ९८ शो पाएको छ । क्युएफएक्समा यति धेरै शो हलिउड र बलिउड कुनै पनि फिल्मले पाउन सकेका थिएनन् । अब भने यो रेकर्ड नेपाली फिल्मको नाममा लेखिएको छ ।

कबड्डीको अन्तिम सिक्वेलमा दयाहाङ राई, बुद्दि तामाङ, अभिनेत्री मिरुना मगर, अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको छ । यो फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्