Logo

घरमा बसौ सबै



Spread the love

– रेखा पौडेल

लक्षण देखिएमा रुघाखोकीसँगै उच्च ज्वरो पनि
शंका गर्नु आँफैलाई कोरोना भाइरस लाग्यो कि भनि
यो भाइरसको अझैसम्म छैन है कुनै उपचार
छिटो सर्छ अरुमा पनि गर्नुपर्छ धेरै नै विचार

सामान्यमा आत्तिनु हुँदैन घरमै बस्नु पर्छ
आँफु सुरक्षित हुन नसकेमा परीवारलाई सर्छ
बनाउनुपर्छ दुरी सकेसम्म धेरै नै समाजसँग
बढि भएमा परामर्श लिनुपर्छ चिकित्सकसँग

साबुनपानीले हात नधोई खाना खानु हुन्न
रोगप्रतिरोधात्मक क्षमता बढाएमा यो भाईरसले छुन्न
कागति,लसुन,हलेदो,ज्वानो औषधि गुणको भण्डार
प्रकृतिमा रम्न सिके यसैमा छ उज्वल संसार

सोच्ने गथ्र्यौँ हामी सधै कहीले आउला ति दिन ?
रमाइलो मानि फुर्सदिलो भई बस्ने एकै छिन
सधैभरी कामकाम भन्दै हिड्नको लागि हतारो
आफ्नो लागि एकपल छैन दश–पाँचकै चटारो

कोरोनासँग बच्नको लागि घरमै बस्नु परेको छ
आपतकालीन् समय भनि देशलाई लकडाउन गरेको छ
माया साट्ने खुशि बाड्ने बस्ने हो परीवार भित्र
दुःख सँगसँगै खुशी पनि ल्याएको कोरोना छ विचित्र

घरबाट बाहिर गई नल्याएमा आउनेछैन कोरोना घर
पालना गर्नु सबै नियम हुदैन कुनै पनि डर
खेल्न,सिक्न धेरै पढ्न सक्छौ घरभित्र बसी
संसारकै उद्धार गर्नुछ यहाँ आफु पनि बाँची

प्रतिक्रिया दिनुहोस्