Logo

बहराइनमा थप ३१ जना नेपालीमा कोरोना संक्रमण



Spread the love

एजेन्सी । बहराइनमा थप ३१ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै थप ३१ जना थपिएसंगै संक्रमित नेपालीको संख्या १५७ पुगेको जानकारी गराएको हो ।

बहराइन अधिराज्यमा एक लाख २८ हजार ४८१ जनामा कोरोना संक्रमण परिक्षण गरिएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । संक्रमितको संख्या एक हजार ५३४ जना रहेकोमा एक जना गम्भिर अवस्थामा रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्