Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२९
संक्रमित
६६,६३२
निको भएका
४८,०६१

नेपालकाे बैकिङ प्रणालीकाे संक्षिप्त इतिहास



नेपालमा बित्तीय कारोबारको सुरुवात कुन मितिदेखि भएको हो भन्ने कुनै ऐतिहासिक प्रमाण फेला परेको छैन । तैपनि इतिहासमा भए गरेका बित्तीय कारोबारहरुबाट अनुमान भने लगाउन सकिन्छ । राजा मानदेवले मानांक र गुणकामदेवले गुणांक मुद्रा प्रचलनमा ल्याएसँगै नेपालमा बित्तीय कारोबारको सुरुवात भएको भन्ने विश्वास गर्न सकिन्छ । गुणकामदेवले जनताबाट ऋण उठाइ काठमाडौं स्थापना गरेका थिए , जुन एक बित्तीय कारोबार अन्तर्गत पर्दछ ।

अन्य मल्ल राजाहरुले पनि आ-आफ्नो शासनकालमा विभिन्न मुद्राहरु प्रचलमा ल्याएका प्रमाणहरु इतिहासको पाना पल्टाउँदा भेटिन्छ । नेपालको एकीकरणपछि पृथ्वीनारायण शाहले जनताबाट ऋण लिइ गोर्खा राज्यलाई अन्य राज्यहरुको दाँजोमा बलियो बनाएका थिए । उनले पनि आफ्नो शासनकालमा आफ्नो नामको मुद्रा प्रचलनमा ल्याएका थिए ।

वि.सं १९३३ मा दोस्रो राणा प्रधानमन्त्री रणोदिप सिंहद्वारा काठमाडाैंमा तेजारथ अड्डाको स्थापना भयो । यस अड्डाले सर्वसाधारण जनताबाट सुन र चाँदीजस्ता बहुमूल्य धातुहरु धरौटी लिइ ५% ब्याजदरमा ऋण प्रदान गर्दथ्याे । सरकारी कर्मचारीहरुले पनि यस अड्डाबाट प्रदान गरिने सेवाको उपभोग गर्न पाउँथे तर यस्तो सेवा लिए बापत सरकारी कर्मचारीहरुको तलवबाट कटौती गरिन्थ्याे । सर्वसाधारण जनतालाई ब्याज उपलब्ध गराए पनि निक्षेप भनी स्वीकार्दैन थियो ।

वि.सं १९८९ मा टक्सार विभागको स्थापना भएपछि नेपालमा वैज्ञानिक रुपमा सिक्का निष्कासनको प्रक्रिया अघि बढ्यो । वि.सं १९९३ मा उधोग परिषद् गठन भइ यसले कम्पनी कानुन र नेपाल बैंक लिमिटेडको मस्यौदा तयार पार्यो ।

सर्वसाधारण जनताबाट निक्षेप संकलन र ब्याज प्रदान गर्ने उद्देश्यले राणा प्रधानमन्त्री जुद्द शमशेर र श्री ५ महाराजधिराज त्रिभुवनको पालामा तेजारथ अड्डालाई प्रतिस्थापन गर्दै वि.सं १९९४ कार्तिक ३० गते नेपालको पहिलो बाणिज्य बैंक, नेपाल बैंक लिमिटेडको स्थापना भयो ।  रु १ करोड अधिकृत पूँजी , रु २५ लाख जारी पूँजी, रु ८४२००० र १० सेयर होल्डरको साथ यस बैंकको स्थापना भएको थियो । नेपाल बैंक लिमिटेडलाई नेपालको पहिलो आधुनिक बैंक पनि भन्ने गरिन्छ । यहीं बैंकको स्थापनाले नेपालमा आधुनिक बैंकिङ पद्धतिको सुरुवात गर्यो ।

नोट तथा सिक्का निष्कासन र भारतीय मुद्रालाई विस्थापित गरी नेपाली मुद्रा प्रचलनमा ल्याउने प्रमुख उद्देश्यका साथ  वि.सं २०१३ साल बैशाख १४ गते राष्ट्र बैंक ऐन २०१२ अन्तर्गत नेपालको केन्द्रीय बैंकको रुपमा  नेपाल राष्ट्र बैंकको स्थापना भयो । जसको पहिलो गभर्नर भइ हिमालयन शमशेर जबराले नेपाल राष्ट्र बैंकलाई नेतृत्व प्रदान गरे । नेपाल राष्ट्र बैंकको प्रधान कार्यालय बालुवाटारमा अवस्थित छ भने यसको ७ ओटा जिल्ला अफिसहरु ; विराटनगर, पोखरा, नेपालगन्ज, जनकपुर, वीरगंज, सिद्धार्थनगर र  धनगडीमा अवस्थित छन् । नेपाल राष्ट्र बैंकको स्थापना पूर्व नेपालमा नोट निष्कासनको जिम्मेवारी टक्सार विभागको थियो । नेपाल राष्ट्र बैंकले वि.सं २०१६ फाल्गुन ७ गते १, ५, १० र १०० दरको नोटहरु निष्कासन गरेको थियो ।  वि.सं १९९४ देखि  वि.सं २०१३ सालसम्म राष्ट्र बैंकको कार्यभार सम्हालेका नेपाल बैंक लिमिटेड, राष्ट्र बैंकको स्थापनापछि सो जिम्मेवारीबाट मुक्त भइ पूर्णतया बाणिज्य बैंकमा रूपान्तरित भयो ।

नेपालमा औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्न वि.सं २०१६ अषाढ १ गते नेपाल औद्योगिक विकास निगमको स्थापना भयो । नेपालमा बैंकिङ प्रणालीको विकास भएसँगै मौद्रिक कारोबारमा जटिलता थपिने क्रम नरोकिएपछि सो जटिलता कम गर्न वि.सं २०२० माघ १०  गते नेपाल सरकारको पूर्ण स्वामित्वमा नेपाल बाणिज्य बैंकको स्थापना भयो । यो बैंक सरकारको स्वामित्व भएको सबैभन्दा ठूलो बाणिज्य बैंक पनि हो । यस बैंकको प्रधान कार्यालय सिंहदरबार प्लाजामा अवस्थित छ ।  वि.सं २०२४ माघ ७ गते कृषि क्षेत्रलाई प्रोत्साहन गर्न कृषि बिकास बैंकको स्थापना भयो । वि.सं २०२५ सालमा बैंकिङ प्रबर्द्धन समितिको स्थापना भयो । सरकारले आर्थिक उदारीकरणको नीति आत्मसाथ नगर्दासम्म नेपालमा यी सरकारी बैंकको एकाधिकार बढ्न गयो ।

नेपाल सरकारले आर्थिक उदारीकरणको नीति अपनाएसँगै सरकारी बैंकको लामो समयसम्मको एकाधिकार  तोडिंदै  वैदेशिक लगानीकर्ता र निजी लगानीकर्ताको बित्तीय संलग्नता बढ्यो । फलस्वरूप; वि.सं २०४१ अषाढ २९ गते  नेपाल अरब बैंक (नबिल बैंक लिमिटेड) को स्थापना भयो । वि.सं २०४२ साल फाल्गुन १६  गते नेपाल गर्ण्डलेज बैंक । वि.सं २०४९ माघ ५ गते हिमालयन बैंक लिमिटेडको स्थापना भयो । नेपालको पहिलो बित्त कम्पनीको रुपमा विं.सं २०४९ श्रावण १९ गते नेपाल हाउजिङ डेभलपमेन्ट  फाइनान्स कम्पनी लिमिटेडको स्थापना भयो । वि.सं २०४९ फाल्गुन १७ गते पूर्वाञ्चल ग्रामीण विकास बैंक लिमिटेडको स्थापना भयो र वि.सं २०५८ सालमा नेपाल राष्ट्र बैंक ऐन, २०१२ खारेज गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ जारी गरियो ।

सबै बाणिज्य बैंक तथा बित्तीय संस्थाहरुलाई एकछत्रभित्र ल्याउन कृषि विकास बैंक ऐन २०२४,  बाणिज्य बैंक ऐन २०३१, नेपाल औद्योगिक विकास निगम ऐन २०४६, बित्त कम्पनी ऐन २०४२ र विकास बैंक ऐन २०५२ खारेज गरी बैंक र वित्तीय संस्था ऐन २०६३ जारी गरिएसँगै कृषि विकास बैंकले वि.सं २०६३ साल चैत ३० गते बाणिज्य बैंकको मान्यता पायो । बैंक र वित्तीय संस्था ऐन २०६३ खारेज गरी बैंक र वित्तीय संस्था ऐन २०७३ लागि गरिएको छ । यस बैंक र वित्तीय संस्था ऐनले बैंक तथा बित्तीय संस्थाहरुलाई क ख ग  घ गरी चार भागमा विभाजन पनि गरेको छ र पूर्वाधार विकास बैंकलाई अविभाजित गरी राखेको छ । वि.सं २०६३ सालमा नेपाल राष्ट्र बैंक ऐन २०५८ प्रथम पटक संशाेधन गरियो र वि.सं २०७३ सालमा दोस्रो पटक संशाेधन गरियो  ।  बैंकिङ क्षेत्रमा धेरै बैंक तथा बित्तीय संस्थाहरुको स्थापना पनि भयो । हालका वर्षमा बित्तीय क्षेत्रमा द्रुत गतिमा सुधार भइ रहेको छ । बैंकिङ, बिमा तथा पूँजी बजारमा पहुँच बढ्दै गइ रहेको छ । बित्तीय प्रणालीमा स्थायित्व कायम हुनुका साथै बित्तीय साधनहरु उत्पादनमुखी हुँदै गइ रहेका छन् । कर्जाको ब्याजदरमा सुधार हुँदै लगानी प्रोत्साहित भएको छ ।


आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार बैंकिङ तथा बित्तीय संस्थाको हालको अवस्था :

बैंक सम्बन्धी विशेष महत्वपूर्ण जानकारीहरुः

विश्वमा सबैभन्दा पहिला स्थापना भएको बैंकः बान्सा मोन्टे डीपस्सी डी सीना
विश्वको सबैभन्दा पुरानो केन्द्रीय बैंकः स्वीडेनको स्भेरिगेज रिक्स बैंक
विश्वमा सर्वप्रथम नोट छाप्ने अधिकार पाउने बैंकः बैंक अफ इङ्ल्याण्ड
नेपालको पहिलो बैंकः नेपाल बैंक लिमिटेड
नेपालको पहिलो विकास बैंकः नेपाल औद्दाेगिक विकास निगम
नेपालको पहिलो ग्रामीण विकास बैंकः पूर्वाञ्चल ग्रामीण विकास बैंक
नेपालको केन्द्रीय बैंकः नेपाल राष्ट्र बैंक
नेपालको सबैभन्दा ठुलो वाणिज्य बैंकः कृषि विकास बैंक
स्वदेशी र विदेशी संयुक्त लगानीमा स्थापित निजी क्षेत्रको पहिलो वाणिज्य बैंकः नेपाल अरब बैंक (नबिल)
नेपालको पहिलो क्षेत्रिय वाणिज्य बैंकः लुम्बिनी बैंक लिमिटेड
नेपाली निजी लगानीकर्ताहरुको पूर्ण लगानीमा खोलिएको नेपालको पहिलो वाणिज्य बैंक: लुम्बिनी बैंक लिमिटेड
नेपालमा सर्वप्रथम एटिएम मेसिन र डेविट कार्ड प्रचलनमा ल्याउने बैंकः एभरेस्ट बैंक
नेपालमा सर्वप्रथम इन्टरनेट बैंकिङ सेवाको सुरुवात गर्ने बैंकः कुमारी बैंक
नेपालमा सर्वप्रथम क्रेडिट कार्ड प्रचलनमा ल्याउने बैंकः हिमालयन बैंक
नेपालमा सर्वप्रथम मल्टी करेन्सी कार्ड प्रयोग गर्ने बैंकः सेन्चुरी कमर्सियल बैंक
नेपालमा सर्वप्रथम रोबर्ट प्रयोग गर्ने बैंकः एस.बी.आई. बैंक
नेपालमा सबैभन्दापछि स्थापना भएको वाणिज्य बैंकः सेन्चुरी बैंक

प्रतिक्रिया दिनुहोस्