२६ साउन, नेपालगञ्ज । आज सोमबार बाँकेमा एकैपटक चिकित्सक र प्रहरीसहित १५ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत दुईजना चिकित्सक र वडा प्रहरी कार्यालय, नेपालगञ्जमा कार्यरत तीनजना प्रहरीसहित बाँकेमा १५ जना कोरोना संक्रमित थपिएका हुन् ।
भेरी अस्पताल, नेपालगञ्जले सोमबार दिउँसो सार्वजनिक गरेको विवरणमा १५ जना बाँके, दुई कैलाली, बर्दिया, सल्यान र दाङका एक–एक जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्