Logo

कविता न्यौपानेको गजल



Spread the love

म धर्ती बने तिमी गगन हुनुपर्छ,
मुटु म बन्दा मुटुको धड्कन हुनुपर्छ ।

देखावटी माया मात्र हुनुहुन्न प्रीय,
मनभित्र मीठो माया जतन हुनुपर्छ ।

आवरणमा जस्तो निस्वार्थपन देखिन्छ,
त्यस्तै निस्वार्थ तिम्रो मन हुनुपर्छ ।

साँचो माया गरी सधैँ साथ दिन्छौ भने,
माया र मिठासयुक्त वचन हुनुपर्छ ।

 

कविता न्यौपाने
अर्घाखाँची

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्