Logo

प्रदेश ५ मा सवारी चालकले मोबाइल चलाउन नपाउने



Spread the love

अब सवारी चालकले सवारी चलाउँदा माेवाइल प्रयोग गर्न नपाउने भएका छन्।  एकपछि अर्को ठुला दुर्घटनाहरू बढ्दै गएपछि दुर्घटना न्यूनीकरण गर्नका लागि प्रदेश ५ प्रहरीले  कार्यालयले  आफ्नो मातहतमा रहेका सबै जिल्लामा सवारी साधन चलाउँदा मोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेको गरेको हो ।

 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) पिताम्बर अधिकारीका अनुसार चालकले मोबाइलमा कुरा गर्दा अधिकांश ठुला घटनाहरू हुने गरेकाले सवारी चलाउँदा चलकलाई माेवाइल चलाउन रोग लगाइएको हो ।  उनले भने, ‘अधिकांश दुर्घटनामा चालकको लापरबाही देखिन्छ भने अर्को सडकको अवस्था हो त्यसैले चालकको लापरबाहीले हुने दुर्घटना राेक्नकाे लागि हामीले यो अभियान चलाएका हाैँ ’ । अब मोटरसाइकलदेखि अन्य ठुला जुनसुकै सवारी चलाउँदा माेवइलकाे प्रयोग गरेको भेटिएमा कारबाही हुने  डिआईजी अधिकारीले जानकारी दिए ।

‘यसमा यात्रु समेत सचेत रहनु पर्न उनको भनाई छ।  यात्रुहरू सचेत भएर यात्रा गर्दा अझ सुरक्षित हुने बताए । प्रहरीले फिक र सहचालकलाई राखेर ठाउँ ठाउँमा यात्रुलाई सचेतना र जानकारी दिन अभियान समेत सुरु गर्ने तयारी गरेको जानकारी दिए । प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दोस्रो संशोधन २०७३ अनुसार कारबाही अगाडि बढाइने समेत जानकारी दिएका  छन्।

केही समस्या आएमा तत्काल प्रहरी र गाडी धनी तथा सहचालकको नम्बरसहित सार्वजनिक गरेर गाडीहरू पठाउने अभियान सञ्चालन गर्न समेत सबै मातहतका युनिटहरूमा निर्देशन दिइसकेका  डिआइजी अधिकारीले जानकारी दिए । साथै सवारी दुर्घटनाका अन्य कारणहरू भनेको सवारी साधनको अवस्था र टेक्निकल कुराहरू र जनचेतनाको कमीले हुने गरेको उनकाे ठहर छ ।

प्रतिक्रिया दिनुहोस्