Logo

सुदर्शन शर्माका तीन गजल



Spread the love

सुदर्शन शर्मा

पहिलो गजल

कति कुरा त घटनामा देखिन्छन्

नदेखे के भो सम्झनामा देखिन्छन् !!

भित्र त खिचडी अर्कै पाक्दछ यहाँ

मिथ्या मात्रै त सुचनामा देखिन्छन् !!

गरिबका पसिनामा देश मोज गर्छ

थोपा धनीका गहनामा देखिन्छन् !!

म यस्तो नेपाल कल्पिरहेछु अचेल

भाईचारा हरेक कुनामा देखिन्छन् !!

मलाई लाग्छ पक्कै पुरा हुनेछन्

ती सपना जो विपनामा देखिन्छन् !!

०००

दोस्रो गजल

नारी भई मातृत्वको भाउ बोकेर हेर

अझै समाजले दिएका घाउ बोकेर हेर !!

बाध्यताले पुरुषहरु पलायन भैरहेछन्

बसिरहेछन् नारीहरु गाउँ बोकेर हेर !!

तब थाहा हुन्छ नारीलाई पनि आफ्नै महत्व

परिवारको सारा गोप्यता जाऊ बोकेर हेर !!

विशेष छ नारी तत्व मातृत्वको ओजनले

ऊ ! हेर जग्मग् डग्मग् सृष्टीको नाउ बोकेर हेर !!

०००

तेस्रो गजल

साँच्चै हावामा हो कि तारमा अडिएको छ ?

मान्छेको जीवन के सारमा अडिएको छ ?

चितामाथि सुतिदिन्छ हिडिरहेको मान्छे

जिन्दगी मृत्युको संघारमा अडिएको छ !!

यति छोपिसक्यो कि रुपैयाँले मान्छेलाई

ऊ जहाँ सुकै कारोबारमा अडिएको छ !!

संसारलाई फूलमा हिँडाउँ भन्थ्यो सुदर्शन

आँफै ऊ खुकुरीको धारमा अडिएको छ !!

०००

०००

ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन ईन्जिनियर शर्मा कविता एवम् वैचारिक लेख-रचना लेख्न मन पराउँछन् ।

प्रतिक्रिया दिनुहोस्