Logo

आन्दोलनको अगुवाईमा बिराटनगर महानगरका मेयर स्वयंम



Spread the love

२३ वैशाख, विराटनगर ।
प्रदेश–१ को राजधानी तोक्ने र संरचना छर्ने नेकपाको निर्णयविरुद्ध विराटनगरमा आन्दोलन सुरु भएको छ । सोमबार बिहानैदेखि नै विराटनगर बजार ठप्प छ । यो आन्दोलनको अगुवाई भने बिराटनगर महानगरका मेयर स्वयंमले नै गरिरहेका छन् ।

आइतबार महानगरपालिकाकै अगुवाईमा सर्बपक्षीय छलफल गरेर डा. भेषप्रसाद धमालाको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । उक्त गठित समितिले सोमबारदेखि अनिश्चितकालिन आमहडताल आहृवान गरेको छ ।

विराटनगरलाई राजधानी बनाएर कार्यापालिका र व्यवस्थापिका अन्यन्त्र लैजानु व्यवहारिक नभएको भन्दै उनले सच्याउन आवाहन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्