Logo

द लास्ट गार्जियन अफ पञ्चासे (फोटो कथा)



Spread the love

अनुसन्धान पोखरेल

यो त्यतिबेलाको कुरा हो, जतिबेला पोखराबाट सायदै देखिन्छ- हिमालहरूको लोभलाग्दो सुन्दरता । ढकमक्क ढाकिएका हिमालहरूले पोखरा पुगेका हामी बाजे-नातीको हिमाल हेर्ने तिर्खा पुरा गर्न सकेनन् । हामी निराश त थिएनौं, तर खुसी भने हुन सकेनौं ।

यात्राले नयाँ मोड लियो । हजुरबुवा र म हिमाल हेर्नैका लागि पञ्चासे डाँडा पुग्ने भयौं । यात्रा शुरु भयो । पोखराबाट हामी दुई दिउँसोको तीन बजे हिड्यौं । यत्तिकै ढिलो भैसकेको थियो, झन् त्यसमाथि हजुरबुवाले औषधी बिर्सनु भएछ । फेरी फर्किनु पर्ने भयो ।

हामीले रोजेको रुट थियो- पोखरादेखी भञ्ज्याङ सम्म जीपको यात्रा, अर्को दिन भञ्ज्याङबाट पञ्चासे डाँडासम्मको ट्रेकिङ अनि फर्किदा त्यही बाटोमा एकदिनको फिर्ती यात्रा ।

बाटोमा निकै कम मान्छेहरू भेटिए । पञ्चासे जानेहरूको संख्या कमै देखियो ।

भञ्ज्याङ जाँदा बाटैभरी मुसलधारे पानी परिरह्यो ।

पानी यति ठुलो थियो कि जीपबाट चुहिएरै लगभग आधाउधी नै भिज्नु पर्यो ।

बाटोमा निकै कम मान्छेहरू भेटिए । पञ्चासे जानेहरूको संख्या कमै देखियो । भञ्ज्याङ जाँदा बाटैभरी मुसलधारे पानी परिरह्यो । पानी यति ठुलो थियो कि जीपबाट चुहिएरै लगभग आधाउधी नै भिज्नु पर्यो ।

जीप ड्राइभरकै होटल रैछ । त्यही बसियो । बत्ती रैनछ । हामीले मोबाइलको टर्च प्रयोग गरेर काम चलायौं ।

बिहान ३:३० उठेर हेर्दा मौसम अवस्था ठिकै देखिए पछि हामी हाम्रो गन्तव्यतिर लाग्ने सोच बनायौं । किनकि हामीलाई जसरी नि पञ्चासेमा सुर्योदय भेटाउनु थियो ।

हामी उठ्दा अरु कोही पनि उठेका देखिएनन् । हाम्रो सोच थियो कि हामी सँगै सयौं मान्छेहरू पञ्चासे जाने भेटिएलान् भन्ने । तर हामी पूर्णतः गलत सावित भयौं । चरोमुसो कोही उठेका या हिडिरहेका देखिएनन् । सबैजना सायद निद्रामा चिरमग्न थिए ।

हुँदाहुँदा होटल मालिक नि उठेन । हामीलाई ढिलो बनाइदियो उसले । बल्ल बल्ल साढे ५ मा ऊ उठेपछि हामी त्यहाँबाट सरासर हिड्यौं ।

जंगल एकदमै अँध्यारो र सुनसान थियो । बाटोमा केही-कोही पनि भेटिएनन् । हामी सक्दो छिटोछिटो हिडिरह्यौं । तर जति छिटो हिडे पनि सुर्योदय बाटैमा भयो । बाटैबाट भएनि हामीले सुर्योदयको दृश्य अवलोकन गर्यौं ।

बिहानैदेखी केही नखाएको, झन् त्यसमा मौसम पनि अलि ह्युमिड हुनाले म झण्डै बेहोस हुने अवस्थामा जाँदै थिए ।

कतै न कतै यसो पसल त कसो नभेटिएलान् भन्ने सोच थियो । तर अहँ कही केही भेटिने संकेत सम्म पनि देखिएन । म पूर्णतः निराश भैसकेको थिए । हामी सँग अब त पानी पनि बाँकी थिएन । र, जाँगर पनि ।

मैले आफ्नो क्यामेराबाट केही फोटो लिने प्रयास गरें । तर मौसमी हुस्सुले गर्दा हिमाल त्यति राम्ररी खुलेर मुस्कुराउन मानिरहेका देखिएनन् ।

एक्कासी एउटा कुटीबाट कसैले मन्त्र वाचन गरिरहेको आवाज कानमा ठोक्कियो ।

हामी केही चकित भयौं ।

को रैछ यस्तो अनकन्टार ठाउँमा मन्त्र पढ्ने ? भन्ने कौतुहल्ताले हामीलाई कुटीतिर पुर्यायो ।

एक्कासी एउटा कुटीबाट कसैले मन्त्र वाचन गरिरहेको आवाज कानमा ठोक्कियो । हामी केही चकित भयौं । को रैछ यस्तो अनकन्टार ठाउँमा मन्त्र पढ्ने ? भन्ने कौतुहल्ताले हामीलाई कुटीतिर पुर्यायो ।

कुटीमा एक योगी भेटिए । उनले हामीलाई भित्र बोलाएर चिया पनि ख्वाए । चियाको गिलास अलि अजिबको थियो । माटोको अजिबको गिलास ।

योगीका अनुसार पञ्चासेको संरक्षणमा अब केवल उनै योगीमात्र बाँकी रहेछन् । अरू सबै त्यहाँबाट तलतिर झरिसकेको बुझियो । चिया र ती योगीले के जादु लगाए कुन्नि म एकाएक तङ्ग्रिए । तागत लाग्यो जिउँभरी ।

झर्दा म एकठाउँमा पनि थकाइ नमारी झरें । हामी सरासर ओर्लियौं ।

केही निराश त केही गजबको अनुभवसहित ‘पञ्चासे यात्रा’ टुङ्गियो । हाँसीरहेका हिमाल खिच्ने मोह अझै पुरा भएको छैन । यात्रा केवल गन्तव्य मात्रै नभएर रसिला अनुभवको एक पोको पनि रैछ भन्ने मलाई पञ्चासेले सिकायो । योगीजीले ज्यान नजोगाइ दिएका भए, म सायदै यो यात्रा लेखिरहेको हुँदो हुँ ।

हेर्नुहोस् ! पञ्चासेमा सल्लेरी खबरका लागि फोटोग्राफर अनुसन्धान पोखरेलले कैद गरेका केही तस्बीरहरूः  

 

प्रतिक्रिया दिनुहोस्