Logo

भुइँमान्छेको कथा – विक्रम पवन परियार



मेरो जीवनकाे गीत

दलितको मुख्य अर्थ हो दलन गरिएको हेपिएको चेपिएको वा समाज र राज्यबाट तिरस्कार गरिएको अर्थात् ती समुदायका मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पिछडिएका छन्  र जो आर्थिक रूपमा  सामाजिक रूपमा, शिक्षाको दृष्टिकोणले, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू (जनताति, बाहुन तथा छेत्री आदि हिन्दु जातिहरू मात्रै हैन )द्वारा शोषण र उत्पीडन गर्नको निम्ति समाजमा जातीय वर्ग विभाजन गरिएको थियो । र आज पनि उत्तिकै छ । हुन् त नेपालमा भेदभाव अनि छुवाछुत गर्नेहरूलाई कडा कारबाही गर्ने कानुन पनि सरकारले नबनाएको होइन तर त्यो कागजमा मात्र सीमित छ । कानुन बनाउने ठेकेदार र दलाल सरकारले कागजमा नै सीमित बनाएको छ । नत्र कानुन दह्रो थियो भने गाउँ समाजको हरेक कुनामा आज पनि यो भेदभाव कायम रहने थिएन । प्रेम गर्नेले प्रेम गर्न पाएनन् । यो पनि एउटा विभेद नै हो । क्षेत्रीले ब्राह्मणका सन्तानलाई / दमाईका छोरा छोराछोरीले ब्राह्मण समुदायका छोराछोरीलाई प्रेम गर्न र विवाह गर्न नपाइनु पनि ठुलै विभेद हो ।

क्षेत्रीले ब्राह्मणका सन्तानलाई / दमाईका छोरा छोराछोरीले ब्राह्मण समुदायका छोराछोरीलाई प्रेम गर्न र विवाह गर्न नपाइनु पनि ठुलै विभेद हो ।


एउटा पुरानो घर छ, पुरानै बाटो छ, पुरानै सम्बन्ध छ घरसँग, यात्रा उहीँ पुरानै छ । जीवन शैली पनि उस्तै छ । आदर गर्ने शैली पनि पुरानै छ । ज्यादै हेपिएको एउटा बस्ती छ । म त्यही बस्तीमा जन्मिहुर्केकाे पढेकाे मेरो एउटा पुरानो समाज छ जहाँ धेरै सपनाहरूको फाँट छ त्यही फाँटमा मुस्किलले रमाएको छु । घरभन्दा अलि पर मैले कख पढेकाे एउटा स्कुल छ, त्यही स्कुलमा हुर्केका मेरा सपनाहरू जीवितै छन् ।
घरभन्दा मुनिबाट बग्ने खानी खाेलाबा धेरै रहरहरू बगेका छन्  । मलाई ती दिनहरूले ब्युँझाइ रहेकाे छ अझैँ पनि । तर के गर्नु त्याे दलित बस्ती जसकाे आँखाले कहिल्यै समान रूपमा हेर्न चाहेनँ- सधैँ उहीँ छुवाछुत ।

म त्यही बस्तीबाट बजारमा आएकाे एउटा कवि हुँ । र असङ्ख्य कविता हुँ । समाज मलाई मान्छेको व्यवहार गरेन बहुद दु:ख लाग्छ । त्याे समय बडो मुस्किल थियो । मान्छेको जात अनुसारको व्यवहार । छुवाछुतले अझै पनि चिमोटी रहन्छ मलाई । हरेक दिन पत्रपत्रिकामा मन्दिर, धारो छोएको निहुँमा कुटिएको / मारिएको समाचार छापिन्छ, त्यति बेला साह्रै दुख्छ- मुटु । लाग्छ मैले म मान्छे बन्न के गर्नु पर्छ, म त्यही गर्थेँ । हुन चाहिँ मान्छेको प्रमाणपत्र कस्तो हुने होला ? मलाई यही प्रश्नले पिरोलिरहन्छ ।

म हुर्कँदै थिएँ । पात्रो फेरिँदै थियो । बजारमा नयाँ पात्रो आयो कि भित्तामा नयाँ पात्रो झुन्डाइ हाल्थेँ । प्रत्येक दिन पात्रो हेर्थेँ, गते बार हेर्थेँ । कुन गतेमा कुन तिथि पर्छ ? कति गते बिदा छ ? सबै सबै नछुटाई हेर्ने बानी थियो मेरो । घाम अस्ताएपछि गतेमा गोलो लगाउँथेँ । र अर्को गते शुरु हुन्थ्यो । वर्षैपछि पात्रो फेरिएजस्तै मेरो उमेर पनि फेरिन्थ्याे । उमेर फुल्दै गएपछि म स्कुल जानसक्ने भएँ ।

एक दिनकाे कुरा हो– स्कुल जाने मेरो पहिलो दिन । नयाँ लुगा नयाँ झोला । झोला बजारबाट किन्नु पर्ने थिएन । स्कुल ड्रेस कतै सिलाउन दिनु पर्ने थिएन । बा आफैँ लुगा सिलाउन जान्ने हुनुहुन्थ्याे । बाले ड्रेस सिलाई दिनु भयाे । सुर्काने झोला पनि सिलाई दिनु भयाे । मेरो कलिला नयाँ पैतालाले स्कुलको प्राङ्गणमा टेक्याे । पहिलो पटक मजस्तै एउटै रङका मान्छेहरू देखेँ । मन फुरुँगा भयाे । छाती चाैँडा भयाे । साथमा स्कुल पढ्दै गरेका मेरो आफ्नै दाइ हुनुहुन्थ्याे । दाइ हुन्जेल आँखाबाट आँसु आएन । जब दाइ मलाई कक्षा काेठामा छाेडेर आफ्नाे कक्षा काेठामा जानू भयाे म रोएँ । बस्नै मन लागेन । गुरुले फकाउनु हुन्थ्यो । बिस्तारै फकिएँ ।

बिस्तारै बिस्तारै स्कुलको आफैँ स्कुल  जाने भएँ । यस्तो क्रम चल्दै गयो । पास हुँदै गएँ । उमेर बढ्दै गयो । जब बुझ्न थाले म दमाई रहेछु । विद्यालयमा खाजा लिएर जाने चलन थियो । खाजा खाने बेला छुट्टै बसेर खानु पर्थ्यो । सानो हुँदा त यस्ता कुराले छुँदैन थ्याे । तर बुझ्ने भएपछि साह्रै मन दुख्थ्याे । रुन मन लाग्थ्याे । लाग्थ्याे म मान्छे हैन कि ! मनमा अनेक कुरा खेल्थ्याे । विद्यालयका गतिविधि सबै घरमा सुनाउँथे ।

बा भन्नू हुन्थ्यो- ‘बाबु हामी सानो जातले ठुलो जातले खानेकुरा फलफुल बाहेक केही छुनु हुन्न ।’ म दङ्ग पर्थेँ । हाेटल भित्र सम्म पस्न पाइन्नथ्याे । जे किन्न मन लागेपनि घर बाहिरैबाट किन्नु पर्थ्यो । एक दिन मेरो साथी दिनेश बिक र म मुलपधेरामा ( ढुङ्गे धारो भएकाे ठाउँ ) जाँदै थियौँ । बाटोमा श्राद्ध गरेर आएका बाहुन बाजे भेटिए । बाजेकाे हातमा सिदा बाेकेकाे झोला थियो । बाजेले हामीलाई भित्तामा साइड लाग् भने । मेरो साथीले नसुने झैँ झोला छाेइदियाे । बाजेले हामी दुबैलाई लखेटे । हामी खुब दाैडियाैँ । बाजेले भेटेनन् ।

बाटोमा श्राद्ध गरेर आएका बाहुन बाजे भेटिए । बाजेकाे हातमा सिदा बाेकेकाे झोला थियो । बाजेले हामीलाई भित्तामा साइड लाग् भने । मेरो साथीले नसुने झैँ झोला छाेइदियाे । बाजेले हामी दुबैलाई लखेटे । हामी खुब दाैडियाैँ । बाजेले भेटेनन् ।


बेलुका घरमा गयाैँ । काका ( घरमा साथीकाे बुबा ) ले दिनेशलाई भक्कु कुटे । नरमाइलाे लाग्याे । म सानैदेखि अलि विद्रोही स्वभावको थिएँ । मैले प्रश्न गरेँ । हामी पनि मान्छे हाैँ हामीले किन छुन नहुने ? तपाईँले अर्चापेकाे खुकुरीले उनीहरू मासु काट्छन् । त्यही कुखुरी बनाउने मान्छे किन चल्दैन ? मेरो सवालको जवाफ दिनुकाे सट्टा काकाले उल्टै झपारेर लखेट्नु भयो । म दगुरेर आफ्नै घर आएँ । बा पहिल्यैदेखि कम्युनिष्ट हुनुहुन्थ्याे । सबै कुरा बालाई सुनाएँ । बाले सम्झाउनु भयो । बाकाे अनुहार रिसले राताे भएकाे थियो । छाेयाे रगत नै बाहिरिएला जस्ताे । दिनहरू बित्दै गएँ । मभित्र पनि मान्छे सबै एउटै हो भन्ने कुरा अवगत भयो ।

यस्तै एक दिनकाे कुरा- करिब दशमा आठमा पढ्थे हुँला । विष्णु खत्री ( मेरो बाकाे जजमान ) दाइको विवाह थियो । बजाउन जान्नेहरू ज्यालामा पञ्चेबाजा बजाउन गए । म अलि सन्की थिएँ । छुटै लाइन बसेर कुकुरलाई भन्दा पनि टाढा बसेर कतै खाना चाहन्न थेँ । हामी दुई भाइ ( काकाे छाेराे – नारायण नेपाली ) जन्त गयाैँ । हामी खुब नाच्न सिपालु पनि थियौँ । हामी नाच्दै नाच्दै गयाैँ- बेहुलीको घरसम्म । बारीको चाैरमा भतेर थियो । बुबाहरू सबै छुट्टै अलग्गै लाइनमा हार मिलाएर बसे । म र दाइ क्षेत्रीहरूकै हारमा बस्याैँ । खाना बाँड्दै आए, बाँड्दै आए । जब दुलाहकाे छेउमै बसेकाे नजिकै ब्राह्मण बाजे अगाडि आए हामी दुइभाइ देख्न साथ खाना हाल्नै छाेडे । हामीलाई प्रत्यक्ष भन्नै सकेनन् र सरासर फर्केर भान्सातिर गए । उनले अरूलाई जानकारी दिए । हामीलाई भतेर बाट उठाइयो । म छक्क परेँ । साेचेँ हामी मान्छे थियौँ तैपनि कुकुरको व्यवहार गरियो । म सानै भए पनि स्वभाव फरक थियो । कसैको थिचाे मिचाे सहनै सक्दिनँ थेँ । हामी मान्छे हैन ? यही प्रश्न गरेर म घर फर्किएँ ।

रातभरि निद्रा नै लागेन छट्पटी रहेँ । आँखाबाट आँसु खस्थ्याे । किताब पानाहरू पल्टाएँ जहाँ जहाँ दलित शब्द छ सब‌ैमा कालाे मसिले केरी दिएँ । ताकी यो आँखा दलित शब्दै देख्न नपराेस् । फुच्चे भए पनि क्रान्तिकारी साेच थियो मभित्र । कथित उपल्लाे जाति भन्नेहरू आफूलाई के साेच्दा हुन् ? म तीन छक पर्छु । जीवनका हो त्याे पनि मान्छेको । मान्छेले मान्छेकै दर्जामा राखियाेस् । दलित भनेकाे के हो ? बहुद जान्न चाहेँ । शब्दकाेष हेरेँ । दलित दमाई कामीलाई नभनिँदाे रहेछ । हेपिएका जुन सुकैका समुदायलाई पाे दलित भनिँदो रहेछ । म‌ैले यही बुझेपछि दलित शब्दमा घृणा गर्न छोडी दिएँ । मलाई दमाई शब्दमा कुनै घृणा पनि छैन । मलाई गर्व लाग्छ दमाई हुन पाएकोमा जसमा धेरै कलाहरू छन् । संस्कारहरू छन् । आदर गर्ने शैली दलित भित्रै छन् । सानादेखि ठुलासम्मलाई उस्तै व्यवहार गर्ने एक मात्रै समुदाय हो दलित । जसले जात अनुसारको सम्बोधन गर्दैन । म पानी लिन जान्थे पँधेरामा जब क्षेत्री ब्राह्मणले पानीको गाग्री लिएर आउँथे म पछि हट्नु पर्थ्यो । बाटो हिँड्दा कि छेउमा कि भित्तामा लाग्नु पर्थ्यो । मन साह्रै दुख्थ्याे । समय अगाडि बढ्दै गयो । म पनि लक्का जवान भएँ । किश्वर अवस्थामा प्रवेश गरेपछि जीवनमा एकचाेटि लब पर्दाे रहेछ । मेरो पनि लब पर्याे तर फरक समुदायसँग । उनी क्षेत्री थिइन, म दमाई थिएँ  । हामी दुवै स्कुल पढ्दै थियौँ ।

म र दाइ क्षेत्रीहरूकै हारमा बस्याैँ । खाना बाँड्दै आए, बाँड्दै आए । जब दुलाहकाे छेउमै बसेकाे नजिकै ब्राह्मण बाजे अगाडि आए हामी दुइभाइ देख्न साथ खाना हाल्नै छाेडे । हामीलाई प्रत्यक्ष भन्नै सकेनन् र सरासर फर्केर भान्सातिर गए । उनले अरूलाई जानकारी दिए । हामीलाई भतेर बाट उठाइयो । म छक्क परेँ ।


‘क’ चिनेदेखि आठ सम्म सँगै पढ्याैँ । पढाइ राम्रो थियो । प्रेमले हाम्राे पढाइलाई कहिल्यै कमजाेर बनाएन । तर जातले गर्दा प्रेम कमजाेर बनाएको आभास हुन्थ्यो मलाई । उनी पनि धेरै चाहन्थिन्, म पनि उत्तिकै चाहन्थेँ । तर चाहेकाे जस्ताे कहिल्यै हुँदो रहेनछ । हामी छुट्याैँ । छुट्दा मन बेस्सरी दुख्दो रहेछ ।

म काठमाडौँ आएँ । काठमाडौँ पनि उस्तै छुवाछुतको दलदल थियो । परिचय खुलाए कोठा पाउनै मुस्किल । फरक थर भनेँ कोठा त पाएँ । कतिखेर घरबेटीले निकालिदिने हो पत्तै नहुने । स्कुल पढ्दैदेखि गीत कविता लेख्थेँ । साहित्यमा केही गर्छु भन्ने त्यति बेलै देखि लाग्थ्याे । मलाई ढाँट्न आउँदैनथ्याे । ढाँटेको कुरा कतिन्जेल टिक्छ र । एक दिन घरबेटी बासँग कुरा गर्दागर्दै दमाई हुँ । दमाई शब्द फुत्न  बाहिरियो । ढाँटेको कुरा टिक्दो रहेनछ मैले त्यसपछि थाहा पाएँ । कोठाबाट निकालिएँ । मन झन् दुख्याे । सोच्थेँ म मान्छे हैन रहेछु कि भन्ने भान हुन्थ्यो ।

मान्छेको उत्पत्तिमा कुनै जात पक्कै थिएन । जन्मँदा फरक फरक समुदाय थिएन । फरक फरक थर थिएन । एउटै थियो । मान्छेको उत्पत्ति हुँदा दुई जना थिए होलान् । त्यही दुईबाट जन्मेका हाैँ । मान्छे थुप्रँदै गएपछि समुदाय बन्यो । गाउँ बन्यो । टोल बन्यो र देश बन्यो । बिस्तारै साम्राज्यवाद घुस्याे । राज्य दलालीकाे हातमा पर्याे त्यस पछि जात छुट्टाए । जात सँगै छुवाछुत गरियो  ।  यसरी किन बुझ्दैन मान्छे ?

समाज परिवर्तकाे नारा लगाएर हिँडियो । छुवाछुतको विद्रोह गरेर हिँडियो । कथित यो समाजले मलाई मान्छे त स्विकार्याे तर आजसम्म मलाई मन्दिरको पुजारी हुन दिएन । मैले नै सिलाएको धजापतका मन्दिरको शिरमा चढाइयो तर मलाई मन्दिरको न ढोका छुन दियो न त थालीमा लगेको नैवेद चढाउन दियो । म मन्दिरबाट पनि अछुत भएको एउटा समझको ऐना हुँ, नत्र हेर्नू त मेरो अनुहार ? तपाईँले भेटाउनु हुनेछ भुईँ मान्छेको कयौँ कथाहरू ।

लाग्छ समाजको हेपाहा प्रवृत्ति देखेर केही गरूँ जस्ताेे लाग्छ तर सपाेर्ट गर्नेे काेही पाइन्नँ । म एउटा यस्तो समुदायकाे मान्छे हुँ, जहाँ दलित बाटै छुवाछुत हुन्छ । कामीले- दमाइले छोएको खाँदैन । यसरी किन जातकाे निर्माण गरियो ? आजसम्म चित्त बुझ्दाे जवाफ संविधानले पनि दिन सकेन । कहिलेकाहीँ लाग्छ म कस्तो मान्छे भएर जन्म लिएछु । जन्म दिने बाआमालाई पनि के दाेष दिनु । मान्छे जन्मने मर्ने त एउटा सत्य प्रक्रिया हो  ।

हामीलाई बिहानै देख्न साथ साइत पर्याे भन्छन् । ठुला जात भन्नेहरू । विवाह, व्रतबन्ध लगायत अन्य काममा दमाईलाई अघि लगाइन्छ । हामी मख्ख परिदिन्छाैँ । मख्ख पर्नु नबुझेर हो । बुझ्नेहरू दुखी हुन्छन् । यसाे गर्नुमा पनि विभेद छ । कुनै पनि मान्छे अघि पछि लाग्नु साइत पर्नु हुँदै हैन । यो त एउटा भ्रम हो । भ्रम कोही नपरे हुन्छ । दमाई, कामी, सार्की जो-कोही पनि पढ्न पाउने अधिकार दिइएको थिएन । सफा भएर बस्न कसलाई मन हुँदैन ? तर मन हुँदाहुँदै पनि ब्राह्मण समुदायले वञ्चित गराएको हो । उनीहरू दमाई कामी लगायतलाई त्याे समयमा पढेकाे देख्नै चाहँदैन थिएँ । सफा र चिटिक्क परेर हिँडेको देख्नै चाहँदैन थिएँ । मन हुँदाहुँदै पनि स्वतन्त्रबाट वञ्चित थियो मेरो समुदाय ।

पञ्चायत ढल्याे, बहुदल आयो त्यसपछि मात्रै अलिअलि खुलेर विद्रोह गर्न खोजे दलितहरूले पढ्न थाले साना बालकहरू । बुझ्न थाले इतिहासमा लेखिएका अक्षरहरू र त ५२ सालदेखि विद्रोह शुरु भयो । तर त्याे विद्रोहले सरकार त ढल्याे तर अझैँ पनि हामी माथिकाे विभेद निर्मूल हुन सकेन । यो दुखद कुरा हो । राज्य सत्ता त ढलायौँ । संविधान बन्याैैँ । सरकारमा माओवादीलाई राख्याैैँ तर छुवाछूत अझैँ निर्मूल हुन सकेन यो हामी सबैकाे विडम्बना हो ।

एक दिनकाे कुरा थियो- म विद्यालयमा जाँदै थिएँ । गेट प्रवेश गरेँ । माओवादीको ठुलै प्रभाव थियो मलाई पनि । तर कक्षाकाेठामा अर्कै माहाेल थियो । सङ्गठन बनाउन आएका माओवादीहरू थिए । राजाको फोटो च्यात्दै आए । मेरो छेउमा आएपछि च्यात्नै दिइनँ । उनीहरूले भने भाइ दलित र छुवाछुतको उत्पादक यिनै हुन् । मैले प्रश्न गरेँ । इतिहास के हाे ? इतिहास लेखिँदा राम्रो पक्ष मात्रै लेखिन्छ कि नराम्रो पक्ष पनि लेखिन्छ ? इतिहासको परिभाषा बताइदिनुस् । यदि मलाई चित्त बुझाउन सक्नु भयो भने तपाईँले च्यात्नै पर्दैन मै च्याति दिन्छु । ऊ छक्क पर्याे र मेरो किताबमा भएको राजाको फोटो र जीवनी लेखिएको पाना च्यात्ने आँट गरेन ।

मैले प्रश्न गरेँ । इतिहास के हाे ? इतिहास लेखिँदा राम्रो पक्ष मात्रै लेखिन्छ कि नराम्रो पक्ष पनि लेखिन्छ ? इतिहासको परिभाषा बताइदिनुस् । यदि मलाई चित्त बुझाउन सक्नु भयो भने तपाईँले च्यात्नै पर्दैन मै च्याति दिन्छु । ऊ छक्क पर्याे र मेरो किताबमा भएको राजाको फोटो र जीवनी लेखिएको पाना च्यात्ने आँट गरेन ।


सङ्गठन विस्तार भयो । म पनि सङ्गठनमा बस्न चाहेँ । साबिक नाम भन्दा फरक नाम लेख्नु पर्ने रहेछ । सबैले फरक फरक नाम लेखेँ मैले पनि फरक तर अलि उटपट्याङ नाम लेखाएँ ( वातावरण ) काेठामा गलल हाँसेँ । माओवादीका प्रतिनिधि पनि हाँसे र भने- भाइ नाम भएन । मलाई रिस उठ्याे र रिस नसेलाउँदै प्रश्न गरेँ । ‘तपाईँहरूको नाम चाहिँ गुराँस हुने, आगो हुने, हुलास हुने, पहरा हुने मेरो नाम चाहिँ किन न हुने ? यदि “वातावरण” हुन्न भने “इन्भेस्टमेन्ट” लेखिदिनु ।’ यति भनेकाे के थिएँ झन् हाँसोले काेठा नै थर्कियाे । जति गर्दा पनि मैले मानिनँ, लेख्न बाध्य बनाइ छाडेँ । याे मेरो जिद्दीपन थियो ।

अहिले बुझेर या नबुझेर हाे दलितकाे विषयमा धेरै बहस हुने गरेकाे छ । सबै चर्चामा आउनकै लागि खराे उत्रेका छन् । कुनै समय प्रचण्ड र बाबुराम यानिकी माओवादीले प्रमुख एजेन्डा नै दलितकाे आवाज थियो । जताततै दलितलाई प्रयाेग गर्दै आए । हामी माओवादीको साधान भयौँ । सत्तामा नपुन्जेल हामीलाई प्रयाेग गरे । उपभोग गरे । जब सत्तामा पुगे तब हामीलाई फाल्तु जनवारजस्तै सडकको किनारमा छाडिदिए । अझै पनि हामीलाई साधनाका रूपमा हेरिरहेका छन् । राजतन्त्र ढलेपछि छुवाछुतको अन्त्य हुन्छ भन्ने पूर्ण विश्वास थियो तर सोचेजस्तो भएन । माओवादी दलितको आवाज लिएर सरकारमा गयो । जब गणतन्त्रको पहिलो सरकार माओवादी भयो । सरकारको शपथ लिनु अघि दलितको आवाज सडकको कुनै कन्टेनरमा हालिदिएछन्, बिचरा अनपढ दलितलाई के थाहा ? अहिले हाम्रै आवाजलाई कुल्चेर सरकार कारमा हिँड्छ । जनयुद्धमा दलितले धेरै ज्यान गुमाए । कति बेपत्ता भए कुनै अत्तोपत्तो छैन । बाँचेकाहरूले पनि न्याय पाएनन् । न्यायका लागि लडेका दलितले के पाए ? ती दिनहरू सम्झिँदा मन भतभती पोल्छ । हामी कपडाका डिजाइनर हाैँ, त्याे सबैलाई थाहै भएका कुरा हुन् । द्वन्द्वकालमा माओवादीको कम्ब्याट सिलाउनु पर्थ्याे ।

कुनै समय प्रचण्ड र बाबुराम यानिकी माओवादीले प्रमुख एजेन्डा नै दलितकाे आवाज थियो । जताततै दलितलाई प्रयाेग गर्दै आए । हामी माओवादीको साधान भयौँ । सत्तामा नपुन्जेल हामीलाई प्रयाेग गरे । उपभोग गरे । जब सत्तामा पुगे तब हामीलाई फाल्तु जनवारजस्तै सडकको किनारमा छाडिदिए ।


एक दिनकाे कुरा हाे- जुनेली रात थियो । आकाशमा पूर्णिमाको जूनले नियाली रहेको थियो दलित बस्तीलाई पनि । त्यही जूनले पुरै गाउँलाई पनि नियाली रहेको थियो । जून त एउटै थियो, आकाश एउटै थियो तर जूनले दलित बस्तीलाई घटी, ब्राह्मण बस्तीलाई बढी प्रकाश दिएन । सबैलाई समान रूपमा नै प्रकाश दियो । बेलुकाको त्यस्तै ८ बजेको हुँदो हो चाडपर्वको दिन थियो । भान्छामा आमा भात र मासु पकाउँदै हुनुहुन्थ्यो । एक हुल माओवादी आए । सीमित परिवारलाई मात्रै भनेर पकाएको खाना सबैले बाँडिचुँडी खायौँ । खाना खाइसकेपछि टोलभरिका कपडा सिलाउने जति सबैलाई मेसिन बोकाएर जङ्गल तर्फ लगेँ । बुबा दाइहरू घर नफर्कुन्जेल पिरैपरिमा बस्नु परेको थियो । आज पनि त्याे दिन सम्झँदा लाग्छ हामीले व्यर्थै पसिना बगाएछौँ ।

मान्छे किन विद्रोही हुन्छ ? बिस्तारै बुझ्दैछु । जबसम्म दलित – दलित बिचमा छुवाछुत हट्दैन र दलित – दलित बिचमा एकता हुँदैन तबसम्म छुवाछुतको अन्त्य हुँदैन । मेरो ब्रह्मले यही बुझ्याे । तपाईँहरूले पनि अब त बुझ्ने हो कि ?  जसरी सरकारको गतिविधि मैले बुझेँ ।

गीत, गजल र कवितामा कलम चलाइरहेका परियारकाे `जलेकाे मुटु´ गजल सङ्ग्रह - २०६८, `माैन सालिक´ खण्डकाव्य - २०७२ र आधा दर्जन गीतहरू बजारमा आएका छन्

प्रतिक्रिया दिनुहोस्