Logo

व्यवस्थापिका संसद्को कार्यकाल समाप्त



Spread the love

रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल समाप्त भएको छ ।  प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मनोनयन आइतबार हुने भएसँगै संवैधानिक व्यवस्था अनुसार शुक्रबारदेखि कार्यकाल सकिएको हो ।  संसद सचिवालयले औपचारिक रूपमा शनिबार विशेष समारोहबीच कार्यकाल समापन गर्दैछ ।

शुक्रबारको अन्तिम बैठकमा सभामुख ओनसरी घर्तीले चालु अधिवेशनमा अनुपस्थित हुने सांसदको नामावली जानकारी गराई अनुमोदन गराएकी थिइन् ।  संसद् अविधेशन अन्त्यकै शैलीमा कार्यकालको अन्तिम बैठक अन्त्य गरिएको हो । अाजकाे गाेरखापत्रमा खबर छापिएकाे छ ।तर, औपचारिक रूपमा सचिवालयका तर्फबाट शनिबार विशेष समारोह आयोजना गर्ने कार्यक्रम शुक्रबार बिहान मात्र तय भएको हो ।

सभामुखका प्रेस विज्ञ बबिन शर्माका अनुसार शनिबार २ बजेदेखि साँझ ७ बजेसम्मको औपचारिक कार्यक्रम तय भएको छ ।शनिबार दिउँसो २ बजे सभामुख र राजनीतिक दलका नेताको उपस्थितिमा तस्बिर सत्रको कार्यक्रम  हुनेछ ।  अपराह्न ३ बजे राजनीतिक दलका शीर्ष नेताहरूले औपचारिक रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामुख घर्तीले समेत उक्त अवसरमा संसद्ले गरेका काम कारबाहीबारे जानकारी दिनेछिन् ।  औपचारिक मन्तव्यपछि सभामुखले आयोजना गर्ने जलपान कार्यक्रम सुरु हुनेछ ।

दोस्रो संविधानसभाको पहिलाे बैठक २०७० माघ ७ मा सुरु भएको थियो ।  उक्त समयसीमाअनुसार संविधानसभाको कार्यकाल चार वर्ष तोकिएको थियो ।  तर, संविधान सभाले करिब १८ महिनामा संविधान जारी गरेपछि संविधानसभा विघटन भई रूपान्तरित व्यवस्थापिका संसद् कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्