Logo

लकडाउनकै अवधिमा ८ बर्षिया नाबालिका बलात्कृत



Spread the love

१७ चैत, रौतहट । कोरोना भाइरस संक्रमणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमै रौतहटमा एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी छन् । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले आफ्नो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शनिवार राति नजिकैको किराना पसलका तेल किन्न गईरहेकी नाबालिकालाई पाश्वानले जबरदस्ती करणी गरेका थिए । सो क्रममा पीडित बालिका रोएको आवाज सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्