Logo

टोकियो ओलम्पिकको नयाँ मिति घोषणा



Spread the love

टोकियो ओलम्पिकको नयाँ मिति घोषणा भएको छ । अब टोकियो ओलम्पिक जुलाइ २३ देखी अगस्ट ८ सम्म हुने छ । अन्तरराष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले मंगलबार नयाँ मिति घोषणा गरेको हो ।

आईओसीका अध्यक्ष थोमस बाचले सबै सदस्यलाई पठाएको चिठीमा यस्तो जानकारी दिइएको छ, “यो फैसला आइतबार गरिएको कान्फ्रेस कलमा तपाईं सबैको टिप्पणीपछि लिइएको हो । जसमा तपाईंहरुले नयाँ मिति चाँडै घोषणा गर्नु पर्ने बताउनु भएको थियो । मलाइ आशा छ कि तपाईंहरुले यस कदमलाई स्वागत गर्नु हुनेछ । विभिन्न बाध्यताले गर्दा मलाइ यो फैसला तपाईंहरुसँग कुरा नगर्दै लिनु पर्यो । यसभन्दा अघि टोकियो ओलम्पिक स्थगित गर्ने घोषणा गर्दा होटेल, टिकट, भेन्यू र परिवहनमा धेरै असर परेको थियो ।”

  • एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्