Logo

कोरोना संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति ज्याक्सको निधन



Spread the love

एजेन्सी ।कोरोना भाइरसको संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपाङ्गीको निधन भएको छ । ८१ वर्षीय ज्याक्सको उपचारका क्रममा फ्रान्सको पेरिसमा मृत्यु भएको एएफपीले जनाएको छ ।

ज्याक्स कोरोनाको संक्रमण हुनुभन्दा पहिलेदेखि नै बिरामी रहेको उनका छोराले जानकारी दिएका छन् । सन् १९३९ मा कंगोको उत्तरी क्षेत्रमा जन्मिएका ज्याक्स सेनामा अधिकृत थिए ।

राष्ट्रपति मरियन एन्गौबीको हत्यापछि उनी कंगोको सत्तामा आएका थिए । ज्याक्स सन् १९७७ देखि १९७९ सम्म कंगोका राष्ट्रपति भएका थिए । उनलाई सन् १९७९ मा सत्ताच्यूत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्