Logo

चाणक्य नीति: यी चार काम गरेपछि नुहाउनै पर्छ ।



Spread the love

एजेन्सी । विष्णु गुप्त र कौटिल्यको नामबाट पनि चिनिने चाणक्यले बनाएका नीति विश्वभर प्रख्यात छ । एउटा सामान्य बालक चन्द्रगुप्तलाई भारतको सम्राट बनाउने आचार्य चाणक्यको नीति वास्तविक जीवनमा निकै लाभदायक रहेको मानिन्छ । उनको नीतिलाई अनुसरण गर्दा मानिसले आफ्नो काममा सफलता प्राप्त गर्न सक्छ । उनले चाणक्य नीतिमा यस्ता चार कामको बारेमा उल्लेख गरेका छन् कि उक्त काम गरेपछि नुहाउनै पर्छ ।

१. तावद् भवति चाण्डालो यावत् स्नान न चाचरेत । दाह संस्कारपछि आचार्य चाणक्यका अनुसार शवयात्रापछि नुहाइहाल्नु पर्छ । नुहाएपछि मात्र घरमा प्रवेश गर्नु पर्दछ । उनी भन्छन् कि आर्यघाटमा विभिन्न किसिमका जीवाणुहरु हुन्छन् , ती जीवाणुहरुले तपाईंहरुलाई हानी गर्न सक्छन् । त्यसैले दाह संस्कारपछि नुहाउन पर्दछ ।

२. मालिसपछि चाणक्यका अनुसार जब हामीले शरीरको मालिस गर्छौँ या गराउँछौ तब त्यसपछि नुहाउनु पर्छ । यसो गर्दा हाम्रो शरीरमा भएको फोहोर हराउँछ । चाणक्य यो पनि भन्छन् कि कतै बाहिर जानुभन्दा पहिला नुहाउनु पर्दछ ।

३. शारीरिक समागमपछि चाणक्यका अनुसार शारीरिक समागमपछि पुरुष र महिला दुबैलाई नुहाउनु जरुरी हुन्छ । उनी भन्छन् कि शारीरिक समागमपछि शरीर अपवित्र हुन्छ, पवित्रता भङ्ग हुन्छ । त्यसपछि जोडीले केही काम गर्न सक्दैनन् । त्यसैले शारीरिक समागमपछि नुहाउनु पर्दछ ।

૪. कपाल काटेपछि चाणक्य भन्छन् कि कपाल काटेपछि तुरुन्त नुहाउनु पर्दछ । कपाल काटेपछि कपालका साना-साना टुक्रा शरीरमा टाँस्सिन्छन् । त्यसैले कपाल काटिसकेपछि नुहाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्