Logo

विद्यार्थीहरु लकडाउनमा यसरी घरभित्रै रमाऊ !



Spread the love

लकडाउनका कारण विद्यालय तथा कलेजका विद्यार्थीहरु घरभित्र रहनु पर्दा अधिकांश दिक्क मान्न थालेका छन् । यो बेला उनीहरुका सामु समय बिताउने माध्यम भनेकै टेलिभिजन अथवा मोबाइल बन्न थालेका छन् । यी दिनहरुलाई घरभित्रै पनि रमाइलो गरी बिताएर नयाँ अनुभब बटुल्न सकिन्छ ।
परिवारका साथ समय बिताउने
होस्टलमा बसेर पढ्ने भएका कारण तपाईंले आफ्नो परिवारसंग प्रसस्त समय बिताउन पाउनु भएको हुँदैन । यतिबेला लकडाउनले तपाईंलाई आफ्नो परिवारका सदस्यसंग बस्ने राम्रो मौका प्रदान गरेको छ । यहि बेला परिवारका सदस्यहरुसंग राम्रो समय बिताउन सक्नु हुनेछ।
बिरुवा रोपौं
घरमा फुर्सदले बस्नु भन्दा करेसाबारी अथवा कौसीमा स–साना रुख–बिरुवा रोप्न सक्नु हुनेछ । यदि स्थानको अभाव छ भने गमलामै एलोभेरा, तुलसी अथवा गोलभेंडा जस्ता विरुवाहरुलाई त सजिलसंग लगाउन सकिन्छ ।
चित्रकलाबाट सिर्जना
चित्रकला अर्थात पेन्टिङमार्फत तपाईंले एक प्रकारले आफ्नो भावनाहरुलाई व्यक्त गर्ने एउटा अति नै उत्कृष्ट माध्यमको रुपमा अपनाउन सक्नु हुनेछ ।
फिटनेसमा ध्यान
चौबिसै घण्टा घरमा बस्नु भन्दा पहिला तपाईंले आफ्नो दैनिक रुटीमा परिवर्तन ल्याउनु पर्छ । त्यसका लागि तपाईंले हरेक दिन बिहान उठ्ने बित्तिकै ब्यायाम अथवा योगा गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्