Logo

पाँचवटा अस्पतालको चक्कर काट्दा काट्दै बिरामीको मृत्यु !



Spread the love

१९ चैत, मोरङ । कोरोना आशंकामा अस्पताल धाउदा धाउदै धनकुटाको महालक्ष्मी नगरपालिकामा एक महिलाले ज्यान गुमाएकी छन् ।मंगलबार बिहान ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार ज्यान गएको हो ।

उनकी छोरी लक्ष्मी गुरुङका अनुसार स्वास्थ्य चौकीमा उपचारसम्भव नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्यायौं तर आईसीयू खाली छैन भन्दै चिकित्सकले न्यूरो अस्पताल विराटनगरमा रेफर गरिदिएको थियो । त्यहाँबाट एम्बुलेन्समा न्यूरो अस्पताल ल्याएर भर्ना गरिए पनि चिकित्सकले आईसीयू खाली नभएको भन्दै विराट नर्सिङ्ग होम लैजान सुझाएका थिए ।विराटले पनि उपचारको सबै तयारी गर्नुका बाबजुद नोबेल अस्पतालमा रेफर गरिदिएको केहि बेरमै चिकित्सकले मृत घोषणा गरिदिएको थियो ।

नोबेल अस्पताल प्रशासनका नारायण दाहालले नरदेवीलाई अस्पतालमा ल्याएपछि चिकित्सकले टाउकोको सिटी स्क्यान गरेर हेर्दा अत्यधिक रक्तश्राव भएको पाइएको थियो । चिकित्सकले उपचार प्रयास गरेको तर निकै ढिला भएकाले बचाउन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्