Logo

चाणक्य नीति: सफल हुन मिहिनेतका साथ चाहिने ३ वस्तु के-के ?



Spread the love

होशियार ! चाणक्य नीति अनुसार यस्ता ...

काठमाडौं । मिहिनेत नगरी फल पाइंदैन । यो स्वभाविकै हो । तर, कुनै-कुनै समयमा जति मिहिनेत गरे पनि हातमा केही लाग्दैन । यस्तो परिस्थितिमा भारतका विद्धान चाणक्यले ३ कुरालाई विशेष ध्यानमा राख्नुपर्ने बताएका छन् ।

जीवनलाई सफल पार्न चाहने मानिसहरुको लागि महान अर्थशास्त्री आचार्य चाणक्यको नीतिहरुले सफलताको लागि मिहिनेत गर्दागर्दै पनि फल नपाउँदा ३ कुरालाई ध्यानमा राख्नुपर्ने बताएका छन् । आउनुस्, ती ३ कुराको बारेमा छलफल गरौँ ।

१. चाणक्यको नीति अनुसार मानिसले कोसिस गर्न छाड्नु हुँदैन । जबसम्म मानिसले साहस देखाउँदैन तबसम्म जीवनमा जित हासिल गर्न असम्भव छ । चाणक्यको नीतिबाट चली चन्द्रगुप्तले एकचोटि चाणक्यलाई यदि पहिला नै भाग्यमा लेखिएको छ भने किन केही गर्नुपर्यो ? भनी सोधेका थिए । प्रस्तुत प्रश्नको उत्तरमा चाणक्यले जवाफ दिए, “के थाहा कतै भाग्यमा लेखेको छ कि प्रयास गर्यो भने सफलता मिल्नेछ भनी । त्यसैले कोसिस गर्न कहिल्यै छाड्नु हुँदैन ।

२. चाणक्यका अनुसार मानिसलाई राशि र भाग्य बाहेक आफ्नो कर्ममा विश्वास गर्नु पर्दछ । राम र रावण दुबै जना एकै राशिका थिए तर उनीहरुको परिणाम उनीहरुकै कर्म अनुसार मिलेको थियो । चाणक्यका अनुसार कुनै पनि मानिसको खराब समय चल्दा उसलाई लिएर मजाक बनाउनु ठिक हुँदैन किनभने समय बदलिन ढिला हुँदैन । उनी भन्छन् कि समयको साथसाथै कोइला पनि हीरा बन्दै जान्छ ।

३. सफल जीवन जीउन चाहनेहरु बहिरो हुनु आवश्यस छ । उसले जुन कुराले उसलाई कमजोर बनाउँछ उक्त कुरालाई ध्यान दिनु हुँदैन । नत्र मनोबल गिर्दछ । कामधन्धा नगर्ने मानिसहरु अरुको मनोबल गिराउन लागि पर्दछन् । यसै गरी एक व्यक्तिको तुलना अर्कोसँग गर्नु हुँदैन । किनभने सबैको समय फरक-फरक हुने गर्दछ । जस्तो कि सूर्य र चन्द्रमा फरक-फरक समयमा चम्किने गर्दछन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्