Logo

चाणक्य नीति: विवाह गर्दा कस्ता खालका गुण भएकी स्त्री हेर्ने ?



Spread the love

काठमाडौं । विवाहलाई जीवनको सबैभन्दा पवित्र अनुष्ठान मान्ने गरिन्छ । प्रत्येक व्यक्तिले सोंच्ने गर्दछ कि विवाहको फैसलालाई लिएर कुनै गलत कार्य नगरियोस् ।

आचार्य चाणक्यले आफ्नो चाणक्य नीतिमा घर, व्यापार, धन, जीवन र मोक्षमा सम्बन्धित धेरै नीतिहरुको उल्लेख गरेका छन् । यसै क्रममा उनले कस्तो खालको स्त्रीसँग विवाह गर्नु पर्ने बारेमा पनि बताएक छन् । आउनुस्, चाणक्यको अनुसार कस्ता खालका गुण भएका स्त्रीसँग विवाह गर्नु पर्दछ भन्ने बारेमा जानौँ । चाणक्यको अनुसार बुद्धिमान व्यक्तिलाई विवाह गर्नको लागि स्त्रीको अनुहारको सुन्दरता हेर्नु हुँदैन ।

सुन्दरताको सट्टामा स्त्रीको गुणहरुलाई हेर्नु जरुरी हुन्छ । चाणक्य भन्छन् कि उच्च कुल यानेकी संस्कारी परिवारको कन्या यदि कुरूप छ भने पनि उससँग विवाह गर्नु पर्दछ । किनकि कन्याको गुणले व्यक्तिको परिवारलाई अगाडि बढाउँदछ ।

चाणक्य बताउँछन् कि मानिसलाई विवाहको लागि कन्याको संस्कार र चरित्रमा ध्यान राख्नु पर्दछ । चाणक्यको अनुसार धार्मिक र भगवानमा विश्वास राख्ने कन्याको विचार राम्रो हुन्छ । यस्तो खालकी कन्या श्रेष्ठ परिवारको निर्माणको लागि सक्षम हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्