Logo

बेल्जियमदेखि बाग्लुङसम्म कोरोना संक्रमित तेस्रो र छैठाैँको यात्रा



Spread the love

२१ चैत, काठमाडाैँ – बिहीबार नै नेपालमा छैठाैँ कोरोना संक्रमितको पुष्टि भइसकेको छ । नेपालमा कोरोना संक्रमित हुने छैठाैँ महिला भएको र उनि बाग्लुङकी रहेको समेत पुष्टि भएको छ ।

नेपालमा दोश्रो कोरोना संक्रमण चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल अवतरण गरेकी १९ वर्षीया युवतिमा देखिएको थियो । त्यसै गरी तेस्रो र छैठाैँ संक्रमित पनि सोही रूट हुँदै बेल्जियबाट कतार एयरलायन्सको क्युआर ६५२ बाट नेपाल आएका थिए

नेपालमा भेटिएकी छैठाैँ संक्रमित भने तेस्रो संक्रमितकै आफन्त पर्ने बताइएको छ । उनीहरू २ जना नै बेल्जियमबाट काठमाडाैँ र काठमाडाैँबाट बागलुङसम्म सँगै यात्रा गरेको पाइएको छ ।

चैत ४ गते काठमाडाैँ अवतरण गरेपछि २ जना नै यति एयरलायन्सको विमानमा पोखरा गएका थिए । त्यसै गरी उनीहरू अर्को दिन जिपमा बागलुङ पुगेका थिए ।

बेल्जियमबाट फर्केपछि ६५ वर्षीया वृद्धाले सामान्य भेटघाट गरेको पाइको छ भने सुरूमा उनीमा कोरोना संक्रमणको लक्षण नपाइएको बताइएको छ ।

बागलुङ अस्पतालले बताए अनुसार दमकी रोगी ति वृद्धा कोरोना संक्रमणको लक्षण देखिएपछि भने होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्