Logo

कोरोना विरूद्ध अन्तर्राष्ट्रिय सहकार्यका लागि संयुक्त अपिल



Spread the love

२२ चैत, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसहित १९३ मुलुकका प्रमुख राजनीतिक दलका नेताबाट कोभिड–१९ विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य गर्न शुक्रबार संयुक्त अपिल भएको छ । कोरोना भाइरसका कारण मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकासका लागि गम्भीर चुनौती बनेकाले यस परिस्थितिको सामना गर्दै जनताको हितको सुरक्षा, राष्ट्रिय विकासको प्रवद्र्धन तथा विश्व शान्ति र स्थायित्वको गहन जिम्मेवारी बहन गर्न सो १० बुँदे अपिल जारी भएको हो । सो अपिलमा चिनियाँ नेताको पनि सहभागिता रहेको छ ।

अपिलमा भााइरसबाट पीडित, जीवन जोखिममा परेका तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक सहानुभूति र एकता प्रकट गर्दै सबै राष्ट्रलाई जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड–१९ फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न आग्रह गरिएको छ । “हामी राष्ट्रहरूलाई ती योजना र रणनीति तयार अवस्थामा राखी सहकार्यलाई सुदृढ गर्न सहयोग गर्नेछौँ । साथै, समान जोड दिएर यसको रोकथाम र बिरामी उपचार गर्न प्रोत्साहित गर्दछौँ ।”

अपिलमा भनिएको छ, “हामी सबै राष्ट्रका नागरिकलाई सामाजिक जिम्मेवारीको भाव बुझेर रोकथामका उपायको अनुपालन गरी राष्ट्रलाई उक्त क्षमताको लाभ लिएर सम्पूर्ण सामाजिक क्षेत्रको शक्ति उपयोग गर्नका लागि प्रोत्साहित गर्दछौँ ।” विश्व वित्तीय बजार र आपूर्ति स्थिर राख्नुपर्ने आवश्यकता भएकाले आर्थिक नीतिको अन्तर्राष्ट्रिय समन्वयतिर कदम चाल्नुपर्ने, विश्वव्यापी रूपमा स्रोत र शक्तिको परिचालन गर्नुपर्ने, चीन र अन्य मुलुकले भाइरसविरुद्ध गरेको प्रगतिको प्रशंसा, जी–२० नेताहरूको असाधारण शिखर सम्मेलन वक्तव्यको स्वागत, कुनै पनि राष्ट्र, क्षेत्र वा जातीय समूहमाथि हुने भेदभावपूर्ण टिप्पणी र अभ्यासमा लाग्न नहुने विषय पनि अपिलमा समावेश गरिएको छ । नेता नेपाल नेकपाका विदेश मामिला विभाग प्रमुख पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्