Logo

अमेरिकामा कोरोनाबाट एकदिनमा १૪ सयभन्दा बढीको मृत्यु



Spread the love

एजेन्सी । कोरोना भाइरसले विश्वभर आतंक मच्चाएको छ । चीनको बुहानबाट सुरु भई विश्वभर फैलिसकेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् ।

अमेरिकामा कोरोनाबाट संक्रमितको सङ्ख्या बढेर करिब ३ लाखको नजिक पुगेको छ । जुन आंकडा विश्वकै सबैभन्दा ठुलो हो । जोन होपकिङ्ग यूनिभर्सिटीले अमेरिकामा २૪ घण्टामा १૪८० जनाको ज्यान गएको बताएको छ । एकैदिनमा पहिलो पटक यति धेरैको मृत्यु भएको हो । अमेरिकामा कोरोनाबाट २ लाख ७० हजारभन्दा बढी संक्रमित रहेका छन् भने यस भाइरसबाट ज्यान जानेहरुको सङ्ख्या ७, ૪०६ पुगेको छ ।

सफल उपचार भई करिब १२ हजार मानिस घर फर्किसकेका छन् । कोरोना भाइरसबाट विश्वभर करिब ११ लाख संक्रमित भएका छन् । भाइरसबाट विश्वभर ५९ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने सफल उपचार भई घर फर्किनेहरुको सङ्ख्या २ लाख २८ हजारभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्