Logo

चीनको वेट मार्केटबाट कोरोना फैलिएको भन्दै अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा कारबाहीको माग



Spread the love
अष्ट्रेलियाका प्रधानमन्त्रीद्धारा ...

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डब्ल्यूएचओ र संयुक्त राष्ट्र संघसँग चीनमा रहेको वेट मार्केट विरुद्ध कारबाही गर्न आग्रह गरेका छन् । उनले वेट मार्केट नै वास्तविक समस्या भएको र त्यहाँबाट नै भाइरस फैलिएको आरोप लगाएका छन् ।

चीनको बुहानमा वेट मार्केट यस्तो खालको बजार हो जहाँ कछुवा, मुसा, जंगली बिरालो, गोही, चमेरो जस्ता जंगली जनावरको मासु बेच्ने गरिन्छ । यहाँबाट नै भाइरस फैलिएको आशंका गरिएको छ ।

सन् २००२ मा ‍चीनको यहीं बजारबाट नै सार्स फैलिएको तथ्य भेटिएको थियो । सार्सबाट विश्वका २६ देशका ८, ००० मानिस संक्रमित भएका थिए । कोरोना भाइरस आएपछि बन्द गरिएको यो बजार फेरि खुला गरिएको छ ।

वेट मार्केटमा जनावरलाई खुला रुपमा काटिन्छ । जनावरको रगत, दिशा लगायतका अन्य विकार वस्तु सबै पानीमा मिली जम्मा हुन्छन् र भाइरसको उत्पत्ति हुन्छ । त्यसपछि एक मानिसबाट अर्को मानिसमा सरी विश्वभर फैलिन्छ ।

सन् १९८८ मा चीनको सरकारले वाइल्ड लाइफ प्रोटेक्सन कानून बनाएर जंगली जनावरको पालन गर्न थालियो । त्यसपछि चीनको गाउँ-गाउँमा वेट मार्केट खुल्न थाले ।

विश्वका अधिकांश मानिसहरु चीनीयाँबाट नै भाइरस फैलिएको कुरामा एक्यबद्धता जनाएका छन् । उनीहरुको दाबी छ कि चीनमा जंगली जनावरको मासु सेवन गर्ने हुनाले उनीहरुबाटै भाइरस फैलिएको हो ।

प्रतिक्रिया दिनुहोस्