Logo

कोरोना विरुद्ध लड्न ट्रम्प पछाडि- फरिद जकारिया



Spread the love

Fareed Zakaria: Trump knows the GOP base is ripe for an ...

एजेन्सी । अमेरिकाका वरिष्ठ पत्रकार तथा लेखक फरिद जकारियाले कोरोना भाइरसविरुद्ध लड्न ट्रम्प असलफल भएको बताएका छन् ।

जकारियाले कोरोना विरुद्ध लड्न सफल भएको चीनको तारिफ गरेका छन् । चीनमा कोरोना भाइरसबाट ८१ हजार ६६९ जना संक्रमित भएका छन् । जसमध्ये ३, ३२९ जनाले ज्यान गुमाइसकेका छन् । विश्वभर कोरोनाबाट ६० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ११ लाख ३३ हजारभन्दा बढी संक्रमित छन् ।

इण्डिया टुडेसँग बोल्दै जकारियाले भने, ” यदि विश्वभरका मानिस घरैमा बसे भने कोरोना भाइरस हराएर जानेछ । हर कोहीलाई जति सम्भव हुन्छ, यस समयमा एक अर्कोबाट टाढा रहनु नै राम्रो हुन्छ । यदि तपाईंले दक्षिण कोरिया, सिंगापुर, हङकङ र चीनजस्ता देशलाई हेर्नुहुन्छ भने उनीहरुले कोरोना विरुद्ध सफलता पाएका छन् ।

यसको लागि एक व्यक्ति अर्को व्यक्तिबाट टाढा रहनु पर्दछ ।” डोनाल्ड ट्रम्पले लामो समयसम्म भाइरसलाई देखेर पनि नदेखेको झैं गरे भनी आरोप लगाएका छन् । यस विषयमा जकारिया भन्छन्, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस आएको लामो समयसम्म देखेर पनि नदेखे झैं गरे । अब अमेरिकामा यस्तो अवस्था आइसकेको छ कि अब अमेरिकाले नराम्रोसँग आर्थिक झट्का व्यहोर्नु पर्नेछ । स्वाइन फ्लु, इबोलासँग लड्न सफल अमेरिका कोरोनासँग लड्न असफल भयो ।”

प्रतिक्रिया दिनुहोस्