Logo

मुलुकभर लकडाउन लागू नगर्ने अडानमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान



Spread the love

एजेन्सी । मुलुकका २२ करोड मानिसहरुलाई बन्द गर्न नसकिने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताएका छन् । इमरान खानले पाकिस्तानमा कोरोना भाइरको जोखिम छैन भनेर नबुझ्न पनि आग्रह गरेका छन् ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले पाकिस्तानको एकतर्फ भोक र अर्कोतर्फ कोरोना छ । उनले मुलुकभर लकडाउन लगाउँदा मानिसहरु भोकमरीमा पर्न सक्ने बताए ।

इमरान खानले सबै मानिसलाई कोरोना बाट बच्न सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले १४ अप्रिलमा आगामी दिनमा कस्तो कदम चाल्ने भन्नेबारे विचार गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्