Logo

सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डीओलाको आमाको कोरोना संक्रमणबाट निधन



Spread the love

एजेन्सी । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाको आमाको मृत्यु निधन भएको छ । स्पेनी नागरिक गुआर्डीओलाकी आमा दोलोर्स साला कार्रियो ८२ वर्षकी थिइन् ।

म्यानचेस्टर सिटीले विज्ञप्ति जारी गर्दै गुआर्डीओला र उनको परिवारलाई समवेदना प्रकट गरेको छ । प्रशिक्षकका रुपमा बार्सिलोनामा सफल रहेका उनी बायर्न म्युनिख हुँदै सिटी आएका हुन् ।

हालसम्म स्पेनमा १३ हजार बढीले ज्यान गुमाउदा १ लाख ३५ हजारमा संक्रमण देखिएको छ भने ४० हजार संक्रमित भने निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्