Logo

कोरोना भाइरसलाई जरैबाट हटाउन सम्भव छैन- डा. एन्थोनी



Spread the love

एजेन्सी । ह्वाइट हाउसका डाक्टर एन्थोनी फाउसीले विश्वभर फैलिएको कोरोना भाइरसलाई बिना भ्याक्सिन जरैबाट हटाउन सम्भव नभएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै डाक्टर फाउचीले भने, “कोरोना भाइरस फैलिनुभन्दा पहिला अमेरिका जुन अवस्थामा थियो, त्यो अवस्थामा सायद कहिल्यै पुग्न सक्दैन यदि यो महामारीको भ्याक्सिन अथवा असरदार औषधि मिलेन भने ।” “यस भाइरसलाई जरैबाट हटाउन भ्याक्सिन अथवा असरदार औषधिको आवश्यकता पर्दछ, ” फाउसीले थपे ।

डाक्टर फाउसी अमेरिकाका शीर्ष संक्रमित रोग विशेषज्ञ हुनुका साथै नेशनल इन्स्चिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक हुन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ३ लाख ६८ हजार ७९ पुगेको छ भने १०, ९२३ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसको संक्रमणले गर्दा विश्वभर अर्थिक कारोबारमा र सामाजिक जीवनमा नराम्रोसँग प्रभावित भएको छ । विश्वका २११ देशमा भाइरसको संक्रमण फैलिएको छ । अहिलेसम्म विश्वभरमा १३ लाख ૪८ हजार २ सय १ जनामा संक्रमण फैलिएको छ भने ७૪, ७९५ जनाको ज्यान गइसकेको छ। अमेरिकाका विभिन्न प्रदेशमा कोरोना संक्रमण रोक्नको लागि सामाजिक दुरीसँगै विभिन्न तरिकाहरु अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्