Logo

कोरोनाको ‘इपिसेन्टर’ बन्दै भारत, १४ महिने शिशुको पनि मृत्यु



Spread the love

एजेन्सी । भारतमा कोरोनाको संक्रमण जुन गतिम बढेको छ, त्यसले भारत दक्षिण एसियामा कोरोना भाइरसको ‘इपिसेन्टर’ बन्ने खतरा बढेको छ। पछिल्ला दिन भारतमा संक्रमितको संख्या बढ्ने गति र मृत्युदरले भारतलाई इपिसेन्टर बन्ने खतरा बढाएको हो।

भारतमा अहिलेसम्म १ सय ५० जनाको मृत्यु हुँदा २४ घण्टा मै ३० भन्दा बढी मृतक थपिएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका एक १४ महिने नाबालकको भारतमा मृत्यु भएको छ। गुजरातको जामनगर जिल्लामा कोभिड १९ पोजेटिभ देखिएका बालकको मल्टिपल अर्ग्यान फेलियर भएको मृत्यु भएको मंगलवार पुष्टि भएको हो।

दुई दिनअघिमात्रै उनमा कोभिड १९ पोजेटिभ देखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै बेला उनमा अङ्गहरुले काम गर्न छाडेका थिए।

प्रतिक्रिया दिनुहोस्