Logo

कोरोना भाइरस सासको माध्यम हुँदै पनि फैलिन सक्छ- एन्थोनी फोसी



Spread the love

एजेन्सी । कोरोना भाइरसको संक्रमतिहरु बढ्दै गई रहेका छन् । यस भाइरसलाई लिएर अनेकन अनुसन्धान भई रहेका छन् ।

कोरोना भाइरस खास गरी खोक्दा वा हाच्छ्यू गर्दा फैलिने गर्दछ तर अमेरिकाका एक वैज्ञानिकले भने कुरा गर्दा पनि भाइरस फैलिन सक्ने बताएका छन् । राष्ट्रिय स्वास्थ्य इन्स्चिच्यूटका सरुवा रोगका प्रमुख एन्थोनी फोसीले अमेरिकन न्यूज च्यानल फक्स न्यूजसँगको कुराकानीमा भने, “हालचाल मिलेको सूचनाको आधारमा यो कुरा सामुन्ने आएको छ कि खोक्ने अथवा हाच्छ्यूको सट्टामा कुरा गर्दा पनि यो भाइरस फैलिन सक्छ । ” एन्थोनी फोसीले बिरामी मानिसले मात्र नभई अरुले पनि मास्क लगाउन अनुरोध गरेका छन् ।

यसभन्दा पहिला नेसनल एकेडेमी अफ साइन्सले पनि ह्वाइट हाउसलाई चिठी लेखेर यस अनुसन्धानको बारेमा बताएको थियो । तर एनएएसले यो नतिजाको बारेमा अहिले केही पनि भन्न नसकिने जनाएको थियो । अध्ययनका अनुसार यो भाइरस हावाको माध्यमबाट फैलिन सक्दछ ।

प्रतिक्रिया दिनुहोस्