Logo

आफ्ना नागरिकलाई कोरोनाबाट बच्न प्याज खान किम जोङको आग्रह



Spread the love

एजेन्सी । विश्वभर कोरोनाको सन्त्रास फैलिरहदा संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको दाबी गरेको छ ।

उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीका अनुसार आफ्नो देशमा आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताएका छन् । यद्यपि, सरकारले यो भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नियम बनाएको छ ।

उत्तर कोरियाले कोरोनाभाइरसबाट बच्न डाक्टरको सल्लाहबिना कुनै पनि औषधी नखान र आफूलाई मनलाग्दो गरी एन्टिभाइरल औषधी पनि नखान भनेको छ । साथै, आफ्ना जनतालाई लसुन, प्याज र महलाई आफ्नो खानपिनमा धेरैभन्दा धेरै समावेश गर्न सल्लाह दिएको छ । यसका साथै मास्क लगाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्