Logo

स्पेनमा पुन: मृत्यु हुनेको संख्यामा वृद्धि



Spread the love

एजेन्सी । एक हप्तासम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी देखिएको स्पेनमा फेरी यो संख्यामा वृद्धि भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार त्यहाँ लगातार दोस्रो दिन मृत्यु हुनेको संख्यामा वृद्धि भएको हो ।

पछिल्लो २४ घण्टामा स्पेनमा ७५७ जनाले ज्यान गुमाए भने अघिल्लो दिन ७४३ जनाको मृत्यु भएको थियो । यद्यपि, कूल मृत्तकको दरमा भने ५।५ प्रतिशतले वृद्धि हो ।

मन्त्रालयका अनुसार हालसम्म स्पेनमा १४ हजार ५५५ जनाले ज्यान गुमाउदा संक्रमितको संख्या ८३ हजार ५०४ बाट ८४ हजार १११ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्