Logo

भारतप्रतिको नकारात्मक धारणालाई परिवर्तन गर्दै डोनल्ड ट्रम्पले गरे नरेन्द्र मोदीको तारिफ !



Spread the love

एजेन्सी । भारतप्रतिको आफ्नो नकारात्मक धारणालाई परिवर्तन गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । ट्रम्पले ट्वीटरमार्फत् मोदी वास्तवमा नै राम्रो र महान् भएको बताए।

उनले ट्वीटरमा लेखेका छन्, ‘असाधारण समयमा मित्रहरु बीच घनिष्ठ सहयोग आवश्यक छ । हाइड्रोक्सीक्लोरोक्विनबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै बिर्सने छैन ! प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्