एजेन्सी। कोरोना संक्रमित नेपालीहरुको संख्या बहराइनमा २२ पुगेको छ । बुधबार थप १० जनामा संक्रमण भेटिएपछि संक्रमित नेपालीहरुको संख्या २२ पुगेको मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।
बहराइनमा संक्रमितको संख्या ३ सय ४९ छ भने ५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस्