Logo

अध्ययन भन्छ, ‘कोरोनाको खोप पत्ता नलागेसम्म लकडाउन खुल्ला गर्न हुँदैन’



Spread the love

एजेन्सी । कोरोना भाइरसविरुद्ध खोप पत्ता नलागेसम्म नयाँ संक्रमणलाई त्यहीअनुसारले नियन्त्रण कायम राख्नुपर्ने चिनियाँ अनुभवमा आधारित अध्ययनले देखाएको छ ।

चिनिया नागरिकहरुको जीवनमा गरिएको आक्रामक नियन्त्रणले कोरोनाको पहिलो लहरलाई अन्त्य गरेको हङकङमा रहेका अध्ययनकर्ताहरुले बताए। तर, दोस्रो लहरको खतरा अझै रहेको उनीहरुको भनाइ छ ।

दैनिक जीवनलाई चाँडै सामान्य रुपमा अघि बढ्न दिए र नियन्त्रणका उपायहरुलाई एकैपटक हटाउने हो भने यो संक्रमणको दर पुनः बढ्न सक्ने अध्ययनकर्ताहरुको चेतावनी छ ।

केही समयका लागि सामाजिक दुरी जारी राखिए पनि खोप उपलब्ध नभएसम्म आर्थिक गतिविधि खुला गर्ने र नयाँ संक्रमण बढ्न नदिन आवश्यक नियन्त्रणलाई कायम राख्ने बीचको सन्तुलन मिलाउनु नै उत्तम रणनीति हुने अध्ययनको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्