Logo

स्वाद र गन्ध थाहा नपाउनु हुन सक्ला त कोरोनाको लक्षण ?



Spread the love

चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वभर फैलिसकेको छ । टाउको दुख्नु, रुघाखोकी लाग्नु, घाँटी चिलाउनु, जिउ दुख्नु, ज्वरो आउनु, सास फेर्न गाह्रो हुनुजस्ता लक्षण कोरोना संक्रमितमा देखिन्छन् तर एउटा अनुसन्धानमा केही खानामा स्वाद महसुस नहुनु र कुनै चिजको गन्ध महसुस नहुनु पनि कोरोना भाइरसको लक्षण हुन सक्ने बेलायतका शोधकर्ताले दाबी गरेका छन् ।

लण्डनको किङ्ग कलेजको एक समूहले कोरोना भाइरसको लक्षण पत्ता लगाउन एपबाट करिब ૪ लाख मानिसको तथ्यांक लिएका थिए ।

साधारण रुघाखोकी सास फेर्न गाह्रो हुनु, ज्वरो आउनुजस्ता लक्षण बाहेक स्वाद र गन्धको महसुस नहुनु पनि कोरोनाको लक्षण हुन सक्दछ ।

विशेषज्ञका अनुसार ज्वरो र खोकी भाइरसका सम्भावित महत्त्वपूर्ण लक्षण हुन् जसलाई ख्याल गरिनु पर्दछ । यदि तपाईंको अासपासमा कसैलाई यस्ता खालका लक्षणहरु देखिएको छ भने उनीहरुलाई घरमै बस्नको लागि आग्रह गर्नुहोस् र अस्पतालमा पुर्याउने व्यवस्था गर्नु पर्दछ ।

अध्ययनबाट के पत्ता लाग्यो ?

किङ्ग कलेजका शोधकर्ता कोरोना भाइरसको सम्भावित लक्षणको बारेमा जानकारी जुटाउन चाहन्थे ताकि यस भाइरस बारेमा बुझ्न सकियोस् र रोगविरुद्ध लड्न सकियोस् ।

कोभिड सिम्पटम्स ट्राकर एपमा कोरोनाको लक्षणको बारेमा रिपोर्ट गर्नेहरुमा यस्तो देखियो:

१. ५३ % मा थकान
२. २९ % मा लगातार खोकी आउने समस्या
३. २८ % मा सास फेर्न मुस्किल
૪. १८ % मा स्वाद र गन्धको महसुस नहुनु
५. १०.५ % मा ज्वरोको समस्या

यी ૪ लाख मानिसमध्ये १, ७०२ मा कोभिड- १९ को टेस्ट गरियो जसमा ५७९ जनाको रिपोर्ट पोजेटिभ देखियो भने १, १२३ जनाको रिपोर्ट नेगेटिभ । जुन-जुन मानिसमा कोरोना पोजेटिभ देखिएको थियो उनीहरुमध्ये ५९ % मानिसले स्वाद र गन्धको महसुस गर्न असमर्थ रहेको बताएका थिए ।

के स्वाद र गन्धको महसुस नहुनुलाई कोरोना भाइरसको लक्षण मान्न सकिन्छ ?

विशेषज्ञहरु अहिले यो कुरालाई मान्न पर्याप्त प्रमाण नभएको बताएका छन् । विश्व स्वास्थ्य संगठनले यी लक्षणलाई प्रमुख सूचिमा राखेको छैन ।

बेलायतका आँखा, नाक, घाँटीका डाक्टरहरुको समूह भने कोरोना भाइरसको संक्रमितमा मात्र नदेखिई अन्यमा पनि स्वाद र गन्धको महसुस हुन सक्ने बताएका छन् ।

किङ्ग कलेजका शोधकर्ताहरु स्वाद र गन्धको महसुस नहुनुलाई कोरोना भाइरसको अतिरिक्त लक्षण मान्न सकिन्छ तर कोरोनाको पुष्टि गर्नको लागि अरु लक्षण हुनु पर्दछ जस्तै, खोकी लाग्नु, सास फेर्न गाह्रो हुने, ज्वरो आउनु आदि ।

  • एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्