Logo

कोरोना भाइरसबाट बच्न साउदी राजा लागे समुद्री टापुतिर



Spread the love

एजेन्सी । विश्वभर सन्त्रास फैलाईरहेको कोरोनाबाट साउदी राजपरिवारका १५० सदस्य संक्रमित भएका छन् । परिवारै संक्रमित भएपछि कोरोनाबाट बच्न राजा सलमान भने समुद्री टापुतिर लागेका छन् ।

परिवारमा कोरोनाको सन्त्रास फैलिएपछि राजा सलमान आफ्नो सुरक्षाका लागि लालसागरस्थित जेद्दाह शहरको टापुमा रहेको दरबारमा सेल्फ क्वारेन्टाइनमा बस्न गएका छन् भने राजकुमार मुहम्मद बिन सलमान केही मन्त्रीहरुसहित उही तटको दुर्गम क्षेत्रमा गएका छन्।

राजपरिवारमा यति धेरै संक्रमित भेटिएपछि अहिले त्यहाँ निकै ठूलो त्रास फैलिएको बताइएको छ । अहिले साउदी दरबारमा करिब १५० जनामा कोरोना संक्रमित भएको र त्यहाँ आतंक मच्चिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्