Logo

सलमान खानको ‘टाइगर जिन्दा हे’को फस्टलुक पोस्टर सार्वजनिक



Spread the love

सलमान खानको मुख्य भुमिका रहेको फिल्म ‘टाइगर जिन्दा हे’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ। सार्वजनिक पोष्टरमा सलमानसँगै फिल्मकी मुख्य नायिका कट्रिन कैफ पनि देखिएकी छिन्।पोष्टरमा दुवैजना एक्सन अवतारमा देखिएका छन्। फिल्मको पोष्टर सलमान आफैले सार्वजनिक गरेका हुन्। उनले आफ्नो ट्विटर अकाउन्टमा ‘टाइगर इज ब्याक’ लेख्दै फोटो सेयर गरेका छन्।

‘यशराज फिल्मस्’को व्यानरमा निर्माण भएको फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरेका छन्। ‘एक था टाइगर’को सिक्वेलका रुपमा निर्माण भएको फिल्म ‘टाइगर जिन्दा हे’ डिसेम्बर २२ बाट प्रदर्शनमा आउदै छ।

प्रतिक्रिया दिनुहोस्