Logo

बेलायतमा कोरोना संक्रमणबाट ८ नेपालीको मृत्यु



Spread the love

एजेन्सी । शनिबार कोरोनाको संक्रमणबाट बेलायतको स्वीन्डनमा बस्दै आएका भूपू क्विन्स गोर्खा याम बहादुर मल्लको ज्यान गएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो । उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले जानकारी दिए ।

अहिलेसम्म कोरोना संक्रमणबाट बेलायतमा ८ जना नेपालीको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्