Logo

भोलि मिति २०७७ साल बैशाख १ गते सोमबार,भोलि यो बर्षको पहिलो दिनको राशीफल ! कस्तो छ आफ्नो भाग्य हेर्नुहोस्



Spread the love

भोलि मिति २०७७ साल बैशाख १ गते सोमबार। भोलि यो बर्षको पहिलो दिनको राशीफल यस प्रकार रहेको छ। तपाईहरूलाई २०७७सालको सबैलाई शुभकामाना साथै तपाईहरूको दिन शुभ रहोस्।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):
मेहनत धेरैले गरेका हुन्छन् तर फल भने थोरैले मात्र पाउँछन् । परिवर्तनलाई आत्मसाथ गर्दै अगाडि बढ्न सक्दा राम्रो हुनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ । आफन्त तथा अग्रज सँग भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तरपनि वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो:)
यो बर्ष बृष राशिकाका मान्छेको भाग्यमा पनि विश्वास गर्छन् । आर्थिक अवस्था कमजोर रहने हुनाले व्यापारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्कालाई बुझ्न नसक्दा मनमुटाब बढ्नेछ । सवारि साधन तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ । तरपनि रिसर्च पर्सनको लागि भने समय उत्तम रहेकोछ । वाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्वन्धी समस्या आउँनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):
प्रेम गर्ने जोडीहरूको लागि यो वर्ष निक्कै उत्तम रहेको छ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानिबाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । आफन्त तथा परिवारका साथ समय व्यातित हुनेछ । ध्यान तथा साधना गनुहोला शरिर स्वास्थ्य हुनेछ । तरपनि वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):
जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोग पाईनेछ । लगनशिल तथा ईमान्दारिता पुर्वक काम गर्नुहोला । आफन्त तथा जीवन साथीको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे):
पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । तरपनि स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):
खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग मनमुटाव बढ्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा घाटा लाग्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):
परिवार तथा दाजुभाईसँग मिलेर काम गर्नुहोला । आट तथा साहस बढेर जानेछ अध्ययनमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । खेलकुद तथा यस्तै शाहशिलो काममा समय दिनेहरुले सकारात्मक नतिजा हात पार्नेछन् । तरपनि सरसफाईमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या देखिन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):
बोलिको प्रभाव बढ्नेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :
यी राशि साढे शनिसाती भएता पनि मनमा डर उदासी छाए पनि भाग्य उदय हुनेछ । अर्को भाग्यमानी राशिमा धनु राशि पनि पर्छ । यो राशि हुने व्यक्ति धेरै मेहनती र क्रान्तिकारी स्वभावका हुन्छन् । यी राशि हुनेले पनि धेरै सफलता प्राप्त गर्दछन् । लामो समय देखि रोकिरहेको कामहरू बन्नेछ । आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):
पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ ।आफन्त तथा आत्मिय मित्रहरुसँग मनमुटाव बढ्नेछ । बिद्या तथा प्र्रतिष्पर्धामा प्रतिष्पर्धिभन्दा कमजोर साबित होईनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) :
आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ । तरपनि स्वास्थ्यको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् । तरल पदार्थ, खानेकुरासँग सम्वन्धीत बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):
स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ध्यान दिनुहोला । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तरपनि स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

प्रतिक्रिया दिनुहोस्