Logo

अमिताभ बच्चनले पुरानो फोटो सेयर गर्दै भने ‘न कोही स्टार थियो, न स्टाइल’



Spread the love

Amitabh Bachchan Latest News, Megastar Amitabh Bachchan On Twitter ...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनले सामाजिक सञ्जालमा पुराना फोटाहरु सेयर गरिरहेका हुन्छन् । अमिताभ बच्चनले आफ्ना समर्थकहरुलाई सरप्राइज दिंदै आफ्नो पहिलो फोटोसुटको फोटो सेयर गरेका छन् ।

उक्त फोटो सन् १९६९ मा फिल्म म्यागजिनको लागि खिचिएको थियो । अमिताभ बच्चनले इन्स्टामा फोटो राख्दै लेखेका छन्,”१९६९ मा फिल्म उद्दोगमा प्रवेश गरिसकेपछि फिल्म म्यागजिनको लागि खिचिएको मेरो पहिलो फोटोसुट । यो फोटोसुट स्टार एण्ड स्टाइलको लागि थियो ।

फिल्मफेयर म्यागजिनसँगै त्यो बेलामा यो दोस्रो प्रख्यात म्यागजिन थियो । पत्रकार देवयानी चौबललाई लाग्थ्यो कि म नै स्टार हुँ र ममा स्टाइल पनि छ । उनी यस्तो सोंच्थिन् तर यस प्रोजेक्टमा न कोही स्टार थियो, न त स्टाइल नै ।” फोटोमा अमिताभ बच्चनले हरियो रङको टिसर्ट लगाएका छन् । फोटो सेयर गर्ने बित्तिकै भाइरल भएको छ ।

अमिताभ बच्चन ७७ सालका भए तर पनि उनमा जोश उत्तिकै रहेको छ । उनलाई ‘एङ्ग्री योङ्ग म्यान’ को उपाधि दिईएको थियो । सन् १९६९ मा सात हिन्दुस्तानी नामक चलचित्रबाट बलिउडमा डेब्यू गरेका थिए । उनले सोले, दिवार, जन्जिरजस्ता सुपरहिट फिल्ममा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्