Logo

पाँच महिनापछि बल्ल पाउन थाले पदक विजेता खेलाडीले पुरस्कार



Spread the love

३ वैशाख काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी खेलाडीको खातामा पुरस्कार रकम पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयले ४३५ जना पदकधारी खेलाडीको खातामा १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार वितरण गरेको हो ।

२०७६ को चैत अन्तिममै खेलाडीले पुरस्कार पाइसक्ने राखेपले जनाएको थियो । बुधबार भने उपत्यकाभित्रका खातावाल खेलाडीले पैसा पाएको र उपत्यका बाहिरको खातावाला खेलाडीले बिहीबारसम्म पैसा पाउने छन्

व्यक्तिगततर्फ स्वर्ण जित्नेले ९ लाख रजतले ६ लाख र कास्यले ३ लाख पाउनेछन् । यस्तै टिमतर्फ स्वर्ण जित्नेले ६ लाख रजतले ४ लाख र कास्यले २ लाख पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्