Logo

गुल्मीको सिद्धबाबा माविमा अनलाइनबाट अध्यापन गराईने



Spread the love

५ वैशाख, गुल्मी – मुलुकभर जारी गरिएको लकडाउनका कारण हरेक क्षेत्रका नागरिकहरुलाई समस्या उत्पन्न भएको छ । सबैभन्दा बढी चर्को मारमा दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएका मजदुरहरु परेका छन् । त्यस्तै एसईईको तयारी गरिरहेका विद्यार्थीहरु पनि लकडाउनका कारण प्रभावित बनेका छन् ।

लामो समयसम्म विद्यालय बन्द हुँदा र विद्यालय खुल्ने मितिको कुनै टुंगो नहुँदा समस्यामा पर्दै आएका विद्यार्थीलाई सिद्धबाबा माद्यामिक विद्यालयले भने चासो देखाएको छ । सो विद्यालयमा अब भिडियो कन्फ्रेसका माध्यमबाट अध्यापन गराइने भएको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ८ को विशेष पहलमा एसईईको तयारी गरिरहेका विद्यार्थीलाई भिडियो कन्फ्रेसको माध्यमबाट अध्यापन गराउने निर्णय गरिएको विद्यालय व्यवस्थापन समिति तथा वडा नम्बर आठका वडा अध्यक्ष भरत भलामीले बताएका छन् ।

बिहिवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत भलामी र विद्यालयका शिक्षकहरुबिच भिडियो कन्फ्रेसबाटै बैठक समेत गरिएको थियो । अनलाइनबाट अध्यापन गराउने कुराले सबै शिक्षकहरु उत्साहित बनेको विद्यालयका प्रधानाध्यापक डोर बिक्रम श्रीशले बताए ।

नेटको पहुँचमा रहेका तथा नरहेका विद्यार्थीको डाटा जम्मा गरेर अध्यापन सुरु गरिने बताईएको छ ।


त्यस्तै यता रेसुङ्गा नगरपालिका ८ भित्रका सबै विद्यार्थीलाई वडाले दैनिक २ घण्टा नि शुल्क अध्यापन गराउने भएको छ । लकडाउनका कारण विद्यार्थीहरु प्रभावित भएको भन्दै सबैलाई साझा खालको शिक्षा प्रदान गरिने बताईएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्