Logo

लकडाउनको समय – निद्रा नलागेर हैरान हुनुन्छ भने अपनाउनुहोस् यी उपाय !



Spread the love

यतिबेला विश्व नै कोरोनाको सन्त्रास खेपिरहेको छ। यसैबीच नेपाल सरकारले पनि कोरोना नियन्त्रणमा सहजका लागि देशव्यापीरुपमा लकडाउन लगाएको छ। यस्तो अवस्थामा धेरै मानिसहरु निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु उत्पन्न हुन सक्छ भने रोगको कारक पनि निद्रा बन्न सक्छ ।

यदी तपाईलाई पनि निद्रा नलाग्ने समस्या छ भने यी टिप्सहरुलाई अपनाउन सक्नुहुन्छ :
तातो पानीले नुहाउने– तातो पानीले नुहाउँदा तपाईलाई रिल्याक्स मात्र होइन राम्रो निद्रा पनि पर्छ । सुत्नुभन्दा करिब २ घन्टा पहिला तातोपानीले नुहाउदा शरीरको तापक्रम पनि सामान्य अवस्थामा पुग्छ र तपाईंलाई निद्रा लाग्छ ।
लेवेन्डुलाको तेलको प्रयोग– पुदिना परिवारको एक फूलको नाम लेवेन्डर हो जसको तेलको प्रयोगले राम्रोसँग निद्रा लाग्छ ।
तातो दूध र मह– तातो दूधमा मह मिलाएर पानी पिउनाले राम्रो निद्रा लाग्दछ ।
सुत्नुअघि नगर्नुहोस् यी काम :
सुत्नुभन्दा पहिला रक्सीको सेवन नगर्नुहोस्
रातिको खाना सुत्नुभन्दा २ घन्टापहिला खानुपर्छ
सुत्नुअघि मोबाइल चलाउने वा लामोसमय टेलिभिजन हेर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्