Logo

भोजराज थापा अभिनित ‘तिमीलाई मन पराउनु मेरो गल्ती हैन’ बोलको कभर भिडियो युटुबमा सार्बजनिक



Spread the love

नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि बन्दै गएको अवस्थामा पनि नेपाली गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोच दाङ घर भएका भोजराज थापाको रहेको छ।मोडलिङ क्षेत्रमा आफ्नो पहिचान खोज्दै हिडेका थापालाई कसैले स्थानिय कलाकार भनिदिदा आफुलाई संसारको सबै भन्दा खुशी व्याक्तिको रुपमा ठान्छन्। मोडलिङ क्षेत्रलाई आफनो पेशा भन्दा नि सौख भनि रुचाउने थापा बिगत केहि बर्ष देखी यस क्षेत्रमा आएका छन्।उनि आफनो शौखपुर्ण भावनाले गीतहरुमा अभिनय गर्ने गर्छन ।अभिनयका साथै गित गाउने पनि उनको उत्तिकै रुची रहेको छ ।उनि आफैपनि फुर्सदको बेलामा शब्द कोर्छन्।बहुचर्चित गायक राजेश पायल राईको आवाज रहेको गीत ‘तिमीलाई मन पराउनु मेरो गल्ती हैन’ बोलको कभर गीतमा अभिनय गरेर थापाले नब कलाकारको सम्भाबना देखाएका छन ।माईक्रोलिंक मुभिज्स् लमहीको पोस्ट प्र्ड्क्सन  रहेको यस गितको कभर म्युजिक भिडियो  mms ईन्टरटेन्मेन्ट प्रा .लिको युटुब च्यानल मार्फत सार्वजानिक गरिएको छ । सुधिर अधिकारिको निर्देशनमा बनेको म्युजिक भिडियोमा राज र मीनाको अभिनय देख्न सकिन्छ । महेन्द्र राईको  संगीत रहेको यस गीतमा शब्द सङ्कलन भने दर्पन राईले गरेका हुन |यस गितको यरेन्ज टेकेन्द्र यक्सोले गरेका हुन।केशब मजगैंयाले छायांकन गरेको गितलाई भोजराज थापाले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्