Logo

भारतमा तिब्र रुपमा फैलिदै कोरोना, मृत्यु हुनेको संख्या बढ्यो



Spread the love

६ बैशाख, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ ।

भारतमा बितेको २४ घण्टामा ३८ जनाले ज्यान गुमाएका छन् । हिजो अर्थात् अप्रिल १७ तारिखमा मात्रै भारतमा ३८जनाले कोरोनाको कारणले ज्यान गुमाएका हुन् ।

अहिलेसम्म भारतमा १४ हजार ३ सय ५२ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ४ सय ८६ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा भारतमा ९ सय २२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्