Logo

कोरोना संक्रमणपछि पूर्ण रुपमा ठिक हुन कम्तिमा दुईदेखि आठ हप्तासम्म लाग्ने !



Spread the love

एजेन्सी । यतिबेला कोरोना भाइरसले विश्वलाई आक्रंतित बनाएको छ । कोरोना संक्रमित बिरामीलाई पूर्ण रुपमा ठिक हुन लामो समय लाग्ने अध्ययनहरुले पत्ता लगाएको छ ।

कोही व्यक्ति छिट्टै संक्रमणबाट उम्कने पनि हुनसक्छन् भने कतिले यसबाट पार पाउन लामो समयसम्म मिहिनेत गर्नु पर्दछ । उमेर र अन्य स्वास्थ्य समस्यालगायतका कुराले पनि कुनै व्यक्तिलाई कोरोनाले गम्भीर रुपमा अक्रान्त पार्ने सम्भावना बढी हुन्छ ।

विश्व स्वास्थ्य संगठनले गरेको विश्लेषणको अनुसार संक्रमणपछि कुनै व्यक्ति ठिक हुन औसतमा दुई हप्ताको समय लाग्छ ।

प्रतिक्रिया दिनुहोस्