Logo

लकडाउनमा रक्सी बेच्नेलाई पाँच हजार, खानेलाई पाँच सय जरिवाना



Spread the love

७ वैशाख, गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकाले मदिरा बेचबिखनविरूद्ध कडा प्रतिबन्ध लगाएको छ । लकडाउनको समयमा मदिरा बेचबिखन गरि समाजसँगै घरमा अशान्ति फैलाउने र लकडाउन उल्लंघनका घटना बढ्दै जान थालेपछि मदिरा बिक्री बितरणमा रोक लगाएको छ ।

सत्यवती गाउँपालिकाले रक्सी बेच्ने डिलर तथा पसललाई पाँच हजार जरिवाना र रक्सी पिउनेलाई पाँच सय जरिवानाको व्यवस्था गरेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए ।

मदिरा पिउने भन्दा बेच्ने समाज तथा परिवारको लागि घातक भएको कारण बेच्नेलाई ठूलो राशिको जरिवाना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले सल्लेरी खबरलाई बताए ।

गाउँपालिकाले यो निर्णय गरेसँगै मदिरा बेचबिखनका घटनाहरु कम घटेको भण्डारीले उल्लेख गरे । साथै लकडाउनपछि मदिरा बेचबिखनमा भने केही खुकुलो बनाउन सकिने गाउँपालिकाले सङ्केत गरेको छ ।

त्यस्तै, यता जिल्लाको इस्मा गाउँपालिकाले पनि मदिरा बेचबिखनमा कडाई गरेको छ ।लकडाउनको समयमा मदिरा बेचबिखन गर्नेलाई कुनै ठूलो कारबाही गर्ने निर्णय नगरे पनि रक्सी बेचबिखन गर्ने पसल तथा डिलरको सबै रक्सी नस्ट गरिँदै आएको इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले सल्लेरी खबरलाई बताईन् । केही समय अघि मात्रै २०० लिटर घरेलु मदिरा र प्लास्टिकका रक्सी नस्ट गरेको उपाध्यक्ष खत्रीले उल्लेख गरिन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्