Logo

गुल्मीमा १३ वर्षिया बालिकाद्वारा आत्महत्या



Spread the love

८ वैशाख, गुल्मी – गुल्मीमा १३ वर्षिया बालिकाले आत्महत्या गरेकी छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ सौराहचौरकी १३ वर्षिया अमृता नेपालीले झुन्डिएर आत्महत्या गरेकी हुन् । आइतबार दिउँसो करिब साढे चार बजेको समयमा आफ्नै घरको शौचालयमा झुन्डिएको अवस्थामा उनी फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

सो घटनाबारे थप अनुसान्धन भैरहेको प्रहरीको भनाई छ ।

गुल्मीमा विकारल बन्दै आत्महत्या


प्रदेश नम्बर पाँचको पहाडी जिल्ला गुल्मीमा पछिल्लो समय आत्महत्या विकारल बन्दै गएको छ ।
गुल्मीका अघिल्ला आर्थिक वर्षलाई तथा चालू आर्थिक वर्षको चैत मसान्तसम्मलाई हेर्दा सरदर गुल्मीका पाँच जना भन्दा बढिले आत्महत्या गर्ने गरेको पाइएको छ ।


आत्महत्या गर्नेमा पनि २२ देखि ४० वर्ष उमेर समुहका पुरुष-महिला बढी देखिन्छ्न् । पारिवारिक जिम्मेवारीका कारण २२ देखि ४० वर्ष उमेर समूहका मानिसले बढी आत्महत्या गर्ने गरेको प्रहरीको अनुमान रहेको छ ।


२०६८ सालको जनगणना अनुसार गुल्मीको साक्षरता दर ७५ प्रतिशत रहेको छ । शैक्षिक हिसाबले अगाडी रहेता पनि गुल्मीमा आत्महत्या तथा बलात्कारका घटनाहरु भने बढ्दै जान थालेका छन् ।


जिल्ला प्रहरी कार्यालय गुल्मीले आत्महत्या तथा बलात्कार नियन्त्रणको लागि विभिन्न समयमा विभिन्न कार्य गर्दै आएता पनि आत्महत्या तथा बलात्कारका घटनाहरुमा भने कमि आउन सकेको छैन ।

हुन त आत्महत्या गर्नुको मुख्य कारण मनोवैज्ञानिक कारण हो । आत्महत्याका घटना रोक्नु चुनौतीपूर्ण छ । तर, जिल्ला स्थित सरोकारवालाहरुले यस बारे केही सोच्ने तथा ध्यान दिन सक्ने हो भने आत्महत्याका घटना नरोकिए पनि कमि भने पक्कै हुने थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्