Logo

सारा ‍विश्व कोरोनासँग लड्दै, चीन सबैभन्दा ठुलो स्टेडियम बनाउँदै



Spread the love

एजेन्सी । विश्वभरका मानिसहरु कोरोना भाइरसको महामारी विरुद्ध लडिरहेका छन् तर चीनले भने आफ्नो ठुलो प्रोजेक्टको सुरुवात गरेको छ । चीनले विश्वको सबैभन्दा ठुलो फुटबल स्टेडियमको निर्माण सुरु भईसकेको छ । प्रस्तुत स्टेडियम कमलको फूलको आकारमा हुनेछ ।

चाइनिज फुटबल एसोसियसन टिमले यो स्टेडियम बनाईरहेको छ । स्टेडियम बनाउन १ अर्ब ७० करोड डलरको लागत लाग्नेछ । स्टेडियममा एक लाख मानिसले एकसाथ बसेर फुटबल हेर्न सक्नेछन् । सन् २०२३ मा हुने एसियन कपको लागि उक्त स्टेडियम बनाउन थालिएको हो ।

यो स्टेडियम २०२२ सम्म तयार हुनेछ । यस स्टेडियममा १६ भीभीआईपी प्राइवेट रुम, १५२ भीआईपी प्राइभेट रुमको व्यवस्था गरिनेछ । फिफा क्षेत्र र एथ्लेटिक क्षेत्र पनि बनाइनेछ ।
स्टेडियममा मिडिया एरिया र प्रेस रुमको पनि तयारी हुँदैछ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्